ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले एक्लै हिँड्न सक्ने सिंह हो : ओली


एबीसी / संवाददाता
चैत्र १४, २०७९ मंगलबार  ९ : ०५ बजे

काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले ‘एक्लै हिँड्न सक्ने सिंह’ भएको बताएका छन् ।

एमालेविरूद्ध १० वटा दलहरूको गठबन्धनलाई स्यालहरूको समूहको संज्ञा दिँदै ओलीले एमाले एक्लै हिँड्न सक्ने सिंह भएको दाबी गरे । मिसन ग्रासरूट अभियानअन्तर्गत ४ दिनदेखि लुम्बिनीका विभिन्न जिल्लामा रहेका अध्यक्ष ओलीले मंगलबार पाल्पामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

“एमाले सिंह हो एक्लै हिँड्छ स्यालहरू हो हुलमा हिँड्ने, स्याल एक्दै हिँड्यो भने खतरा हुन्छ, सिंहलाई एक्लै भए पनि कसैले शिकार गर्ला कि भन्ने डर हुँदैन आफैँ शिकार खोज्दै हिँड्छ,” उनले भने । अध्यक्ष ओलीले एक्लै निर्वाचनमा होमिएको एमालेलाई पाल्पाका अधिकांश वडा, पालिका र क्षेत्रमा निर्वाचित गराएको भन्दै पाल्पाली जनतालाई धन्यवाद दिए ।

पूर्वप्रधानमन्त्री ओलीले नेपालमा दुई खालका शक्ति, विचार र उद्देश्यका बीचमा लडाइँ भइरहेको उल्लेख गर्दै एकातर्फ १० दल र अर्कोतर्फ एमाले एक्लो शक्ति भएको दाबी गरे । उनले नेपालमा बाहिरी शक्तिको चलखेलका कारण सरकारको स्थिरता र स्थायित्व हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com