ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालले हेरे ‘छक्का पञ्जा ४’


एबीसी / संवाददाता

काठमाडौँ, १३ चैत । घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ लाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोही पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हेरेका छन्।

पूर्वप्रधानमन्त्रीद्वयसँगै पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालगायतले कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा पुगेर चलचित्र हेरेका हुन् ।

राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर बुनिएको कथामा तयार भएको चलचित्र हेरेर नेताहरूले निर्माण टिमलाई बधाई दिएको निर्माता तथा कलाकार निर्मल शर्माले जानकारी दिए । “दर्शकसँगै बसेर चलचित्र हेर्नुभयो । उहाँहरूले आफैँले टिकट समेत खरिद गर्नुभएको हो”, निर्माता शर्माले भने, “देशलाई अगाडि बढाउने नेतागणले चलचित्र र यो क्षेत्रलाई दिनुभएको समयप्रति कृतज्ञ छौँ । उहाँहरूको सहयोगले नै यो उद्योगले अन्य झैँ फड्को मार्नेछ ।”

वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वयले चलचित्र हेर्ने खबर पाएपछि निर्माता शर्मासँगै अभिनेता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेत्री बेनिशा हमाल र अभिनेता तथा हास्य कलाकार केदार घिमिरे चलचित्र भवन पुगेका थिए ।

समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गर्ने चलचित्रले घरेलु बजारमै १० करोडभन्दा बढीको ग्रस व्यापार गरिसकेको निर्माण पक्षको दाबी छ । हेमराज विसीको निर्देशनमा तयार भएको ‘छक्का पञ्जा ४’ हेरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अरुलाई समेत हेर्न सिफारिस गरेका छन् ।

“नेपाली राजनीति र समाजलाई कलाकात्मक ढंगले व्यङ्ग्यात्मकरूपमा गरिएको प्रहार र प्रस्तुति गज्जब छ । सम्पूर्ण समूहलाई बधाई”, मन्त्री किरातीले भने । चलचित्रलाई केही दिन अगाडिनै पूर्वमन्त्री योगेश भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले समेत हेरेर प्रतिक्रिया दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पाल्पामा जिप दुर्घटना : चालकसहित ४ को मृत्यु , घाइते पाँचको अवस्था गम्भीर

तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना

सम्बन्धित

दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

पृथ्वी राजमार्गमा कालोपत्र सुरु

प्रतिपक्षको नाराबाजीले संसद् बैठक स्थगन

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com