ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वराजको काठमाडौं भ्रमण सम्वन्धको नयां इनिंग वा नयां दाउ ?


ABC NEWS

काठमाडौ १६ माघ । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले आगामी फेब्रुअरी १ र २ तारिख (माघ १८ र १९) मा नेपालको भ्रमण भारतीय विदेश मन्त्रलायले सोमबार अबेर सार्वजनिक गरको छ । नेपालमा वाम गठबन्धनले झण्डै दुई तिहाई बहुमत प्राप्त गर्दा पनि सरकार गठनको औपचारिकता सुरु नभएको समयमा भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण हुन लागेको छ ।

नयां संविधान घोषणादेखि हालै सम्पन्न निर्वाचनसम्ममा नेपाल–भारत सम्वन्ध निकै उतारचढावपूर्ण रहंदै आएको छ । नयां संविधानमा गहिरो असन्तुष्टी देखाएको भारतले आर्थिक नाकावन्दी लगाउनेदेखि नेपालका ३ जना प्रधानमन्त्रीलाई एकवर्षको बीचमा राजकीय भ्रमण समेत गराएको विरलै हुने दृष्टान्त रहेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार निर्माणको प्रयासमा अनेक टिकाटिप्पणी भइरहेका बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा भारत भ्रमणको निम्तो दिएका छन् । नेपालमा चुनाव भएको एक महिनाका बीचमा मोदीले ओलीसंग नेपालको तुरुन्तै बन्न लागेको भावी प्रधानमन्त्री भन्दै दुई पटक टेलिफोन सम्वाद गरेका छन् । त्यसकै फलोअपका रुमपा अहिले विदेशमन्त्री स्वराजको नेपाल भ्रमण हुन लागेको दावी गरिएको छ । विदेशमन्त्री स्वराज छिमेकीस“गको सम्बन्ध अझ मजबुत बनाउन नेपाल भ्रमणमा निस्कन लागेको भारतीय विदेश मन्त्रालयले दाबी गरेको छ ।

मोदी–ओली टेलिफोन सम्वाद भारतीय मिडियाको पनि सर्वाधिक महत्वको विषय बनेको थियो । सरकार बन्ने सुरसार हुन नसकेको मात्र होइन कि भारतीय खुफिया शक्तिकेन्द्रबाट बुझिनेगरी बाम एकता भांडेर गैरएमाले सरकार बनाउने अभियान(चुनाव लगत्तै र हालै प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री बन्न कांग्रेसका तर्फबाट आएको प्रस्ताव, पटक पटक मधेशी मोर्चाका नेताहरुबाट प्रधानमन्त्री बन्न दिइएको दबाव लगायत) जारी रहेकै बेला कुटनीतिक प्रोटोकलभन्दा बाहिरबाट मोदीको टेलिफोन कल र विदेशमन्त्री स्वराजको नेपाल भ्रमणले झन बढी संशय बढाएको छ ।

स्वराजको भ्रमणलाई भारतीय पक्षले भारत र नेपालबीच नियमित उच्चस्तरीय राजनीतिक आदानप्रदानको संज्ञा दिएको छ । यस भ्रमणले नेपालमा जे भइरहेको छ, त्यसमा भारत छ भन्ने सन्देश प्रवाहित गर्ने सगै कतै भारतको औपचारिक लोकाचार जनमतको दिशामै देखाएर भित्री डिजाइन कामयावी बनाउने नयां प्रपञ्च त होइन भन्ने गम्भीर आशंका बढाएको चर्चा हुन थालेको छ । यो भ्रमण भारत र नेपालबीच नियमित उच्चस्तरीय राजनीतिक आदान प्रदानको परम्परालाई ध्यानमा राख्दै हुन लागेको‘ ‘द्विपक्षीय साझेदारी र दुवै देशबीचको सम्बन्धलाई विभिन्न क्षेत्रमा अझ मजबुत बनाउन यो भ्रमण महत्वको दर्शाउंछ भनको छ । दुई देशबीचको सम्वन्धलाई विभिन्न क्षेत्रमा अझ मजबुत सम्वन्ध बढाउने भनाईमा नै स्वराजको भ्रमण निहित छ । त्यो सम्वन्ध बढाउनेमा कतै मधेशी मोर्चाको बलमा मात्र ओली सरकार बनाएर लगाम दिल्लीमै राख्ने वा ओलीलाई सार्वजनिक प्रशंशाको पुलिन्दामा उभ्याएर गैरबाम सरकार बनाउने त होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

स्वराजको भ्रमणका बारेमा भारतीय विदेश मन्त्रालये भनेका छ “यो भ्रमणले नेपाली राजनीतिक नेतृत्वसँग विचार विमर्श गर्ने अवसर दिनेछ ।“ स्वभाविक छ, स्वराजले बाहिर देखिनेगरी सबैभन्दा बढी एमाले अध्यक्ष केपी ओलीसंग सम्वाद गर्नेछिन् । त्यो भन्दा गहिरो सन्देश उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिनेछिन् । औपचारिकताका लागि कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवासंग त उनले छलफल गर्नेछिन् नै । मुख्यत चुनावपछि ओलीमाथि गरिएको मेहनतको आंकलन गर्ने र प्रचण्डको मनोदशा बुझ्नमै स्वराजको भ्रमण केन्द्रित हुने निश्चित छ ।

स्वराजलाई एमाले अध्यक्ष ओलीले समेत आत्मीय आतिथ्यताका लागि विशेष डिनर दिनेछन् । यो तयारीले बाह्य रुपमै भएपनि देउवा र प्रचण्डका मथिंगलमा अनेकानेनक तर्कना खेल्न थालेको हुनुपर्दछ । पछिल्लो समय उतैबाट प्रचण्डमाथि द्धन्दकालीन मुद्धा व्यु“ताउने धम्की आइरहेको बुझिएको छ । त्यो धम्की सामान्य रुपमा नभएर प्रचण्डलाई बाम एकताबाट गलाउने र ओलीबाट टाढा पु-याउने तहमा नै पुगेको उनीहरुको आंकलन छ । तरपनि जस्तोसुकै जोखिम वा जुनसकुै षडयन्त्र गरिएपनि पार्टी एकताबाट पछि नहट्ने प्रचण्ड प्रतिवद्धताले पनि भारतीय पक्षलाई अरु बढी शक्ति खर्च गर्नु पर्ने तहमा पु-याएको भारत मामिला जानकारहरुले विश्लेषण गर्न थालेका छन् ।

कतै स्वराजको भ्रमण एकातिर ओलीका लागि तारिफ र प्रशंशाको लहर र अर्कातिर प्रचण्डका लागि चेतावनी सहित स्वघोषित धापका रुपमा त भइरहेको छैन ? दक्षिण एशियाका बंगलादेश र श्रीलंकामा भारतीय पक्षबाट यस्तो रणनीति धेरै पटक अख्तियार भएका उदाहरण छन् । नेपालमा भने अन्यथा भएन भने यो नयां प्रयोग पनि हुनसक्छ । यस भ्रमणलाई जसरी भारतले सवै पक्षमा सम्वन्ध मजबुत बनाउने उद्धेश्य राखेको छ, त्यसैगरी ओली र प्रचण्डले आफ्नो प्रतिवद्धतालाई अरु मजबुत बनाउन सकेमा नै स्वराज भ्रमण दुवै पक्षका लागि उपलव्धीमूलक हुनेछ । यद्यपि तत्काल भारतले आफू पछि परेको किन नठानोस् ।

अब भारतका लागि नेपालमा बलियो बाम सरकार बन्नमा कुनै अवरोध नगरेर त्यही सरकारसंग ढुक्कसंग दिर्घकालीन सम्वन्ध बनाउनुमा नै भारतको पनि हित हुनेछ । कथंकदाचित नेपालमा राजनीतिक स्थिरताको मार्ग चित्र भत्काइएर अरु केही गरिएमा नेपालको लोकतान्त्रिक गणतन्त्रको मात्र अवसान हुनेछैन कि भारत विरोधी तत्वहरुको नेपाल सबैभन्दा खतरनाक केन्द्र बन्न पनि बेर लाग्दैन भन्ने सम्वन्धित पक्षलाई हेक्का हुनु उपयोगी हुनेछ ।

आशा गरौं – हालै नेपाली क्रिकेटर सन्दिप लामिछानेले आइपिएलमा खेल्ने अवसर पाएर नेपाली क्रिकेटकै लागि नयां इनिग सुरु भएको बेला राजनीतिमा पनि नेपाल–भारत सम्वन्ध नेपाली जनादेशको बाटोमा अघि बढ्न सघाएर भारतले योगदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

विद्या भण्डारीको आगमनलाई स्वागत गर्नु पर्छ : नारायणकाजी श्रेष्ठ(भिडियो वार्ता)

ट्रम्प विश्वमा मिसाइलहरुको नाटक, युद्धबाट बाहिर निस्कने मार्ग

इजरायली युद्धोन्मादी खुशी कसरी उत्सवमा परिणत हुन्छ त ?

नवउदारवादी चंगुलको माक्र्सेली नयाँ भाष्य

ज्ञानेन्द्रलाई पशुपतिनाथकै जिम्मा छाडौं, नेताहरुलाई विचौलियाबाट जोगाऔं

अमेरिकी भन्सार आक्रमण चीनविरुद्ध केन्द्रित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com