ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डलाई मन्त्रालय बाँडफाँडमा सकस


एबीसी / संवाददाता

काठमाडौँ, १० चैत । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकेर संसद्‌बाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै सरकार विस्तार गर्न सकेका छैनन् ।

चैत ६ गते दोस्रोपटक संसद्‌मा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको संयुक्त बैठकसमेत राख्न सकेका छैनन् । प्रचण्डले बुधबार र बिहीबार गठबन्धनका केही नेतासँग छुट्टाछुट्टै छलफल गरेका छन् । बिहीबार पनि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरे । सत्ता गठबन्धनका १० दललाई मन्त्रालयको बाँडफाँड मिलाउन प्रचण्डलाई सकर परेको छ ।

सत्ता गठबन्धनको ठुलो दल कांग्रेसका नेताहरू संसद्‌मा रहेको सिट संख्यालाई आधार मानेर मन्त्रालय बाँडफाँड गर्नु पर्ने पक्षमा छन् । तर, सहमतिका लागि लचक रहेको कांग्रेस नेताहरूको तर्क छ ।

ठुलो दलको हैसियतले आफूहरूलाई सम्मानपूर्वक सरकारमा समावेश गर्न प्रधानमन्त्री र गठबन्धनका नेताहरू सचेत रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको दाबी छ ।

यद्यपि, गठबन्धनका सबै दल सकारात्मक रहेकाले अबको एक साताभित्र प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने कुरामा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल ढुक्क छन् । “प्रधानमन्त्रीलाई सबै दलले निकै सकारात्मक हिसाबले क्याबिनेट विस्तारको एउटा मोडालिटी बनाउनुस्, प्रस्ताव गर्नुुस् र एक–दुई दिनमा बसौँ भनेर हिजो मात्रै कुरा गरेका छन् । यो हप्ता सकिन २ दिन बाँकी छ । अब आउने हप्ता मन्त्रिपरिषद् विस्तार हुन्छ,” उनले भने ।

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै गठबन्धनका मुख्य दलले सरकारको साझा कार्यक्रमका विषयमा पनि छलफल थालेका छन् । बिहीबारै कांग्रेस, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू साझा कार्यक्रमबारे छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com