ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ


abc

काठमाडौं, ९ चैत्र । भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे तीन लाख बढी नगदसहित पक्राउ परेका छन् ।

मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित एक क्याफेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो ।

प्रहरीले मझेरी क्याफेका सञ्चालक दिलीप गिरीसहित १६ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरूले सोही क्याफेमा जुवा खेलिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका–१२ घर लोकन्थली बस्ने ४९ वर्षीय टिकाराम गिरी, जुगल गाँउपालिका५ घर भई कौशलटार बस्ने ४६ वर्षीय जितबहादुर विश्वकर्मा, सिन्धुपाल्चोककै त्रिपुरासुन्दरी गाँउपालिका–६ घर भई कोटेश्वर बस्ने ३५ वर्षीय नवराज बोहरा, जुगल-१ घर भई थिमी बस्ने ३२ वर्षीय सन्तोष श्रेष्ठ, सुनकोशी–९ घर भई काँडाघारी बस्ने ५८ वर्षीय कसाङ लामा रहेका छन् ।

यस्तै, पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर-३ घर भई स्वयम्भु बस्ने ३८ वर्षीय शंख बज्र लामा, पाँचखाल-३ घर भई थिमि बस्ने ३५ वर्षीय सन्तोष चौलागाई, नमोबुद्ध-७ घर भई कोटेश्वर बस्ने २९ वर्षीय सुमन खनाल र ३६ वर्षीय गोपाल कुईकेल पक्राउ परेका छन् ।

मकवानपुर हेटौडा-१८ घर भई लोकन्थली बस्ने ३५ वर्षीय कृष्ण बहादुर मोक्तान, सोही ठाउँ घर भई कोटेश्वर बस्ने ३० वर्षीय विक्रम ब्लोन मोक्तान, दोलखा कालिन्चोक-३ घर भई थिमी बस्ने ३९ वर्षीय कृष्ण बुढाथोकी, रसुवा गोसाईकुण्ड गाँउपालिका-६ घर भई काभ्रेको बनेपा बस्ने ३९ वर्षीय छवाङ वाईवा, भारत घर भई कुपण्डोल बस्ने ३२ वर्षीय मदन मण्डल र ३० वर्षीय सुनिल कुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जुवा खालबाट प्रहरीले नेपाली २ लाख ४२ हजार ८५० र ४८ हजार ५०० भारतीय रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ ।

पक्राउ परेका १६ जनालाई परिसर भक्तपुरमै थुनामा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शरणार्थी प्रकरणमा थुनछेक बहस आज दोस्रो दिन

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

सम्बन्धित

शरणार्थी प्रकरणमा थुनछेक बहस आज दोस्रो दिन

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

पाल्पामा जिप दुर्घटना : चालकसहित ४ को मृत्यु , घाइते पाँचको अवस्था गम्भीर

तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना

सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com