ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिने ५ जना पक्राउ


एबीसी / संवाददाता

काठमाडौँ, ८ चैत । एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी कीर्ते गरी नागरिकता निकाल्ने ५ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पक्राउ पर्नेमा झापाका कृष्णबहादुर कटुवाल, भक्तपुर घर भई काठमाडौँ बस्ने न्युल्केश श्रेष्ठ, मोरङका हिरालाल शिवकोटी, तनहुँका लोब्साङ ठिन्ले र जिल्ला प्रशासन कार्यालयमा क्यान्टिन चलाएर बस्ने विजय लामा रहेको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार उनीहरूको साथबाट नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइँसराइ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्वपूर्ण अन्य विविध कागजात, कीर्ते गर्न प्रयोग हुने वडा कार्यालयको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकता बरामद गरिएको छ ।

उनीहरूलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । पक्राउ परेका कृष्णबहादुर कटुवाल मुख्य योजनाकार भएको समेत प्रहरीले जनाएको छ । उनले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता बिना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए । उनी जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट तिब्बती शरणार्थीको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउन गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ ।

कटवालले न्युल्केश श्रेष्ठलाई मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाइ हरेक पटक १० हजार दिइ भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराई सनाखत गराउने गरेको प्रहरीले जानकारी दिएको छ ।

न्युल्केश श्रेष्ठले हालसम्म तिब्बती व्यक्ति सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पालगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनी सहयोग गरेको पाइएको छ । कटवालले त्यसरी कीर्ते कागजात तयार गरी गैरनेपालीलाई सक्कली नेपाली नागरिकता दिलाउन प्रतिव्यक्ति ३ लाखदेखि ५ लाखसम्म रकम लिने गरेको खुलेको छ ।

नागरिकता लिएका अन्य २५–३० जनाको सक्कलै नागरिकतामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको समूहले अहिलेसम्म ५०० भन्दा बढी व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको प्रहरीको अनुमान छ । कटवाल यसअघि ठगी मुद्दामा कारबाही भोगिसकेका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com