ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न शीर्ष नेतालाई कांग्रेस दलका नेताको आग्रह


एबीसी न्यूज

काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सत्ता गठबन्धनका तीन शीर्ष नेतालाई भेटेर प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टा छुट्टै भेटेर उनले कोशी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेका हुन् ।
‘मध्यावधिमा जानबाट रोक्नुहोस, शीर्ष नेताहरु बसेर निकास दिनुहोस् भनेका छौं,’ थापाले भने, ‘दुवै पक्ष९गठबन्धन०ले बहुमत पाउने अवस्था छैन, विकल्प निकाल्नुहोस् भनेका छौं ।’उपराष्ट्रपतिको निर्वाचनपछि शनिबार देउवा, आइतबार प्रचण्ड र सोमबार नेपाललाई कांग्रेस सांसदसहित थापाले भेटघाट गरेका थिए । भेटमा तीन शीर्ष नेतालाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेको उनले बताए ।प्रदेशमा मध्यावधि निर्वाचन रोक्नका लागि दलहरु मिलेर जानुको बिकल्प नभएको उनको भनाइ छ । ‘दलहरु मिलेर जानुको बिकल्प छैन,’ उनले भने, ‘साथीहरु मन्त्री, मुख्यमन्त्री भन्दै हुनुहुन्छ, प्रदेश मध्यावधिमा जाने अवस्था छ ।

’९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर प्रदेशमा तत्काल रहेको दुई गठबन्धनमा ४६–४६ सदस्य मात्रै छन् । सभामुखले सदनमा निर्णयक मत दिन पाउने भए पनि सरकार गठन प्रकृयामा सहभागी हुन पाउँदैनन् ।४० सांसद भएको एमाले र ६ सांसद रहेको राप्रपा एक ठाउँमा छन् । २९ सांसद रहेको कांग्रेस, १३ सांसद ९सभामुखसहित० रहेको माओवादी केन्द्र,४ सांसद रहेको एकीकृत समाजवादी पार्टी र एक सांसद रहेको जसपा एउटा गठबन्धनमा छन् । दुवै पक्षमा स्पष्ट बहुमत नभएका कारण केन्द्रबाट निकास निकाल्नुपर्न कांग्रेस दलका नेता थापाले बताए ।भेटघाटमा दलका नेताहरुले छलफल गरेर निकास निकाल्ने आश्वासन दिएका छन् । ‘दलहरु मिलेर जानुको बिकल्प छैन, शीर्ष नेताले निकास दिए हाम्रो मन्जुरी हुन्छ,’ थापाले भने, ‘मध्यावधि रोक्ने विभिन्न विकाल्पहरु छन् ।’सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी गर्ने, राप्रपालाई सत्ता गठबन्धनमा ल्याउने, एमालेसहित गठबन्धन दल आलोपालो नेतृत्व गरेर अगाडि बढ्नेलगायत विकल्पहरु प्रदेशमा छन् । सभामुखलाई राजीनामा गराउने विषयमा भने माओवादी केन्द्र तयार छैन । विकल्पहरुका विषयमा छलफल गरेर निकास निकाल्नुपर्ने थापाले बताए ।

कांग्रेस सांसदसँगै प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका माओवादी केन्द्रका प्रदेश सांसद तथा पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले प्रदेशलाई मध्यावधिमा जान दिन नहुने विषयमा छलफल भएको बताए ।

‘तुरुन्त मध्यावधिमा जाने अवस्था छैन, आर्थिक संटक आइरहेका बेला फेरि चुनाव हुनु राम्रो विषय होइन, जनतामा वितृष्णा हुन्छ,’ उनले भने, ‘माथि९ केन्द्र० मा मन्त्रीमण्डल विस्तार बाँकी छ, त्यसपछि प्रदेशका विषयमा छलफल गरी केन्द्रबाट निर्देशन हुन्छ, निर्देशन अनुसार हामी अगाडि बढ्छौं ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com