ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न शीर्ष नेतालाई कांग्रेस दलका नेताको आग्रह


एबीसी न्यूज
चैत्र ८, २०७९ बुधबार   ३ : ११   बजे

काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सत्ता गठबन्धनका तीन शीर्ष नेतालाई भेटेर प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टा छुट्टै भेटेर उनले कोशी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेका हुन् ।
‘मध्यावधिमा जानबाट रोक्नुहोस, शीर्ष नेताहरु बसेर निकास दिनुहोस् भनेका छौं,’ थापाले भने, ‘दुवै पक्ष९गठबन्धन०ले बहुमत पाउने अवस्था छैन, विकल्प निकाल्नुहोस् भनेका छौं ।’उपराष्ट्रपतिको निर्वाचनपछि शनिबार देउवा, आइतबार प्रचण्ड र सोमबार नेपाललाई कांग्रेस सांसदसहित थापाले भेटघाट गरेका थिए । भेटमा तीन शीर्ष नेतालाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेको उनले बताए ।प्रदेशमा मध्यावधि निर्वाचन रोक्नका लागि दलहरु मिलेर जानुको बिकल्प नभएको उनको भनाइ छ । ‘दलहरु मिलेर जानुको बिकल्प छैन,’ उनले भने, ‘साथीहरु मन्त्री, मुख्यमन्त्री भन्दै हुनुहुन्छ, प्रदेश मध्यावधिमा जाने अवस्था छ ।

’९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर प्रदेशमा तत्काल रहेको दुई गठबन्धनमा ४६–४६ सदस्य मात्रै छन् । सभामुखले सदनमा निर्णयक मत दिन पाउने भए पनि सरकार गठन प्रकृयामा सहभागी हुन पाउँदैनन् ।४० सांसद भएको एमाले र ६ सांसद रहेको राप्रपा एक ठाउँमा छन् । २९ सांसद रहेको कांग्रेस, १३ सांसद ९सभामुखसहित० रहेको माओवादी केन्द्र,४ सांसद रहेको एकीकृत समाजवादी पार्टी र एक सांसद रहेको जसपा एउटा गठबन्धनमा छन् । दुवै पक्षमा स्पष्ट बहुमत नभएका कारण केन्द्रबाट निकास निकाल्नुपर्न कांग्रेस दलका नेता थापाले बताए ।भेटघाटमा दलका नेताहरुले छलफल गरेर निकास निकाल्ने आश्वासन दिएका छन् । ‘दलहरु मिलेर जानुको बिकल्प छैन, शीर्ष नेताले निकास दिए हाम्रो मन्जुरी हुन्छ,’ थापाले भने, ‘मध्यावधि रोक्ने विभिन्न विकाल्पहरु छन् ।’सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी गर्ने, राप्रपालाई सत्ता गठबन्धनमा ल्याउने, एमालेसहित गठबन्धन दल आलोपालो नेतृत्व गरेर अगाडि बढ्नेलगायत विकल्पहरु प्रदेशमा छन् । सभामुखलाई राजीनामा गराउने विषयमा भने माओवादी केन्द्र तयार छैन । विकल्पहरुका विषयमा छलफल गरेर निकास निकाल्नुपर्ने थापाले बताए ।

कांग्रेस सांसदसँगै प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका माओवादी केन्द्रका प्रदेश सांसद तथा पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले प्रदेशलाई मध्यावधिमा जान दिन नहुने विषयमा छलफल भएको बताए ।

‘तुरुन्त मध्यावधिमा जाने अवस्था छैन, आर्थिक संटक आइरहेका बेला फेरि चुनाव हुनु राम्रो विषय होइन, जनतामा वितृष्णा हुन्छ,’ उनले भने, ‘माथि९ केन्द्र० मा मन्त्रीमण्डल विस्तार बाँकी छ, त्यसपछि प्रदेशका विषयमा छलफल गरी केन्द्रबाट निर्देशन हुन्छ, निर्देशन अनुसार हामी अगाडि बढ्छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group