ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेना र प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार


एबीसी न्यूज
चैत्र ८, २०७९ बुधबार   २ : ४८   बजे

काठमाडौं, ८ चैत । डिभिजन वन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार उपलब्ध गराएको छ । वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह कार्यक्रम समापनको अवसर पारेर डिभिजन वन कार्यालयले गोरखनाथ गण मुडे ब्यारेक र जिल्ला प्रहरी कार्यालयलाई डढेलो नियन्त्रणका क्रममा उपयोग हुने विभिन्न प्रकारका औजार उपलब्ध गराएको हो ।

रेक, स्वाटर, एक्स–हो, रेक–हो, ब्याग प्याक पम्प, साभेल, हेल्मेट, बुट र ड्रेसको अलग–अलग सेट प्रदान गरिएको डिभिजन वन प्रमुख जगदीश रेग्मीले जानकारी दिनुभयो । वन कार्यालयले उपलब्ध गराएको औजार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले सेना र प्रहरीलाई हस्तान्तरण गर्नुभएको थियो ।

जागरण सप्ताह समापन कार्यक्रमको अवसरमा जिल्ला अग्नि नियन्त्रण सञ्जालसमेत गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख एवम् प्रतिनिधि संयोजक रहेको ११ सदस्यीय अग्नि नियन्त्रण सञ्जाल गठन गरिएको हो ।

डिभिजन वन कार्यालय सदस्य सचिव रहेको सञ्जालको सदस्यमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल रेडक्रस सोसाइटी, नगरपालिका, निजी तथा पारिवारिक वन सञ्जाल, नेपाल विद्युत् प्राधिकरण कार्यालय लगायतलाई चयन गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयको निर्देशनअनुसार जिल्लामा विभिन्न कार्यक्रम गर्दै चैत १ गतेदेखि सुरु गरिएको वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह समापन गरिएको छ । दश स्थानीय तह रहेको खोटाङ डढेलोको उच्च जोखिममा रहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group