ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डलाई हाइड्रोजन गाडी दियौं, स्टार्ट नहुँदै हामफाल्नुभयो – लिङ्देन


abc

काठमाडौं, ६ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि बोल्दै लिङ्देनले हाइड्रोजन गाडी दिँदा स्टार्ट नहुँदै हामफालेको टिप्पणी गरे ।

‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ’ उनले भने, ‘गाडी फेरिराख्ने ड्राइभरले ‘मेरो गाडी थोत्रो भयो, पुरानो भयो, तपाईहरुको चढ्छु, हाँक्छु मेरो अनुभव पनि छ भनेपछि लाइसेन्स भएको मान्छे दिउँ भनेर गाडी पनि कहाँ हाइड्रोजन गाडी दिएको, गाडी स्टार्ट नहुँदैखेरि ड्राइभर हामफालेर तैट म त पुरानै गाडी चलाउँछु भनेर हिँडेपछि हामीले के गर्ने ?’ आफूहरुसँग गाडी रहेको, चलाउने सीप रहेको तर लाइसेन्स नभएको भन्दै लिङ्देनले पर्खिनुको विकल्प नभएको बताए ।

उनले प्रधानमन्त्रीले बाटो फेरेपछि आफूहरुले इमान्दारिपूर्वक समर्थन फिर्ता लिएको पनिबताए । ‘त्यो रात पनि गाह्रो भयो तपाईले बाटो फेरेपछि’ उनले भने । लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई भाग्यमानी भन्दै ठट्टा गरे । ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ दुई महिनामा दुई–दुई पटक विश्वासको मत लिदै हुनुहुन्छ, वैशाख १५–२० तिर फेरि यस्तै दिन नआओस्’ उनले भने । गाउँघरमा कहिले काँही यस्तो ड्राइभर भेन्टिन्छ, छिनछिनमा गाडी फेरिराखेको हुन्छ । कहिले कसको गाडी चलाइराखेको हुन्छ, कहिले कसको चलाइराखेको हुन्छ । मान्छेहरुले भन्छ, यो टिकाउ छैन, गाडी फेरिराख्छ, धेरै दिन बस्दैन ।कहिले काँही त्यस्तो धेरै गाडी फेरिराख्ने ड्राइभर धेरै ठाउँको अनुभवले नयाँ गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ । यो चोटी राप्रपाले केही थान मन्त्रालय लिएर सरकारमा सहभागी हुने मनसाय राखेको थिएन ।

तर यस्तै गाडी फेरिराख्ने ड्राइभर तपाईंहरुको गाडी चलाउँछु भनेर आएपछि अनुभवी ड्राइभर छ, लाइसेन्स पनि भएको भनेर हाइड्रोजन गाडी दियौं । हाइड्रोजन गाडी स्टार्ट नहुँदै ड्राइभर हामफालेर तट् म त पुरानै गाडी चलाउँछु भनेर हिडेपछि अब हामीले के गर्ने ? अब राप्रपाको अवस्था त यस्तो भयो कि गाडी छ, चलाउने सिप पनि छ, लाइसेन्स छैन । कुर्नुपर्ने भयो । धेरै भन्नु छैन, प्रधानमन्त्रीजीलाई अर्को यात्राका लागि शुभकामना छ । असहमति राखेर तपाईँले बाटो फेरपेछि त्यो रात पनि गाह्रो भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सुरक्षा भत्ता पाउने संख्या ३६ लाख ८३ हजार नाघ्यो

संसदीय सुनुवाइका लागि ४५ दिने हदम्याद कायमै

सम्बन्धित

सामाजिक सुरक्षा भत्ता पाउने संख्या ३६ लाख ८३ हजार नाघ्यो

संसदीय सुनुवाइका लागि ४५ दिने हदम्याद कायमै

पशुपतिको जलहरी प्रकरणको भ्रष्टाचार सम्वन्धी अभिव्यक्ति रेकर्डबाट हटाएकोमा शेखर कोइरालाको आपत्ति

रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषद् बैठकको राष्ट्रपतिसमक्ष सिफारिस

प्रधानमन्त्रीको भारत भ्रमण टोली सानो एजेण्डामा ऊर्जादेखि देखि मल मल कारखाना

साइकलवाला पत्रकार बनेपछि फुर्ति नै अर्को भयो – वरिष्ठ पत्रकार भैरव रिसाल (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com