ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र


एबीसी न्यूज
चैत्र ६, २०७९ सोमबार   १ : ५८   बजे

काठमाडौं, ६ चैत । वीरगञ्ज, ६ चैत रासस पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको सो निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२औँ निकुञ्जका रुपमा घोषणा गरिएको थियो । पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको सो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ ।

प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनी मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउनेक्रम बढ्ेको निकुञ्ज प्रशासनले जनाएको छ । “विगतको भन्दा अहिले निकुञ्जमा आन्तरिक तथा छिमेकी मुलुक भारतका पर्यटक बढेका छन्”, निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले भन्नुभयो, “बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।”

उहाँका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाको अवधिमा एक सय ४० पर्यटक निकुञ्जमा भ्रमण गरेका छन् । निकुञ्ज प्रवेश गर्ने तीन मार्गमध्ये मुख्यद्वार आधाभारबाट ५५ नेपाली र १२ बाह्य गरी ७७ पर्यटक भित्रिएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो । यस्तै गढुवालाइन प्रवेशद्वारबाट १० नेपाली र प्रतापपुरबाट ४२ नेपाली तथा आठ बाह्य गरी ५० पर्यटक निकुञ्ज घुम्न आएको निकुञ्ज प्रशासनले जनाएको छ ।

गत आव २०७८/७९ मा नेपाली र विदेशी गरी सात सय ७७ पर्यटकले निकुञ्जमा अवलोकन भ्रमण गरेका थिए । सूचना अधिकारी खड्काका अनुसार आव २०७८/७९ मा सात सय ६९ नेपाली र आठ विदेशी पर्यटक निकुञ्ज भित्रिएका थिए ।

सो आवमा वनक्षेत्र, प्रशासनिक, दण्ड जरिवाना, पर्यटकलगायतका शीर्षकबाट रु ८८ लाख ४६ हजार छ सय ७९ राजस्व सङ्कलन भएको जनाएको छ । निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिर जस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहलगायत प्राकृतिक तथा मनोरम दह पर्यटकका प्रमुख आकर्षणका केन्द्र बनेका छन् । यसका साथै निकुञ्जभित्रको दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीको बाक्लो उपस्थितिले पर्यटकलाई लोभ्याइ रहन्छ ।

निकुञ्जमा दुर्लभ वन्यजन्तु पाटे बाघ, रैथाने हात्ती, एकसिङ्गे गैँडा, भालु, रतुवा मृग, चित्तल, जरायो, बँदेल, नील गाई, गौरीगाईलगायतका जनावर छन् । विगतमा पानीको मुख्य समस्या देखिएको निकुञ्जभित्र सहज उपलब्धतासँगै पाटे बाघसहितका वनजन्तुको सङ्ख्यासमेत वृद्धि भएको छ । निकुञ्जले हालै गरेको सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटे बाघको सङ्ख्या ४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group