ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुरुयोजना बनाउँदै अजिरकोट


abc

काठमाडौं, ५ चैत । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सडक पूर्वाधार विकासका लागि गुरुयोजनाको काम अघि बढाएको छ । गाउँपलिकाले पालिकाको जनघनत्व, आवश्यकता, बढ्दो सहरीकरणलाई ध्यानमा राखेर सडक पूर्वाधार विकासको कामलाई तीव्ररूपमा अगाडि बढाउने उद्देश्यसहित यातायात गुरुयोजना नै निर्माणको थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

गुरुयोजना निर्माणका लागि अहिले पालिकाभित्रका सबै वडामा सार्वजानिक सुनुवाइको काम सुरु भइसकेको उहाँले बताउनुभयो । “अहिले सबै वडामा सुनुवाइ हुने क्रम चलिरहेको छ”, उहाँले भन्नुभयो, “कुन सडकलाई कस्तो मापदण्ड बनाउने, सडक निर्माण गर्न लागिएको ठाउँका जनताको गुनासो के छन् भनेर राय सुझाव सङ्कलनको काम भइरहेको छ ।” लगत्तै परामर्शदाता, भूगर्वविद्, अमिन, इञ्जीनियरलगायतका प्राविधिकको टोलीले गुरुयोजना निर्माणका लागि सुझावसहितको प्रतिवेदन तयार पार्ने उहाँले बताउनुभयो ।

करिब साढे दुई महिनाभित्रमा गुरुयोजना निर्माणको काम सम्पन्न भइसक्ने अध्यक्ष देवकोटाको भनाइ छ । “एकपटक निर्माण गरेको सडक दुई–चार वर्षमा भत्काएर पुन: नयाँ बनाउनुपर्ने बाध्यता सबैतिर छ, त्यसले समय र लगानीसमेत बर्बाद भइरहेको छ”, उहाँले भन्नुभयो, “यसलाई रोक्न र विकासलाई दीर्घकालीन लक्ष्यसहित तीव्रगतिमा अघि बढाउन पालिकाले यातायात गुरुयोजना निर्माणको काम अघि बढाएको हो । ”उहाँले पालिकाले आफ्नै यातायात गुरुयोजना बनाएपछि पालिकाभित्र सडक निर्माण गर्दा दीर्घकालीन लक्ष्य बनाएर योजनाबद्धरूपमा सडक निर्माणको थालनी गरिनेसमेत बताउनुभयो ।

“गुरुयोजना निर्माण गर्दा पालिकाभित्रका सडकलाई चार भागमा वर्गीकरण गर्न लागिएको छ”, अध्यक्ष देवकोटाले भन्नुभयो, “वर्गीकरणका क्रममा सडकका मापदण्डसमेत निर्धारण गरिनेछ र त्यसका आधारमा मात्र सडक निर्माणको काम अघि बढ्छ ।” उहाँका अनुसार गाउँपालिकाले निर्माण गर्न लागेको गुरुयोजनामा ‘क’ वर्गको सडकको न्यूनतम मापदण्डअनुसार चौडाइ १४ मिटर रहनेछ भने ‘ख’ वर्गको सडकको न्यूनतम मापदण्डमा चौडाइ १० मिटर रहने व्यवस्था गरिनेछ । त्यस्तै ‘ग’ वर्गको सडकको चौडाइ न्यूनतम आठ मिटर र ‘घ’ वर्गको सडकको मापदण्ड चौडाइ न्यूनतम छ मिटर कायम गरिने अध्यक्ष देवकोटाले बताउनुभयो ।

“हामीले एकपटक सडक निर्माण गरिसकेपछि अबको ५० वर्षसम्म अजिरकोटको भविष्य यसले सुनिश्चित गर्दछ”, उहाँले भन्नुभयो, “यस्तो रणनीतिक महत्वका विषयवस्तुलाई ढिलाइ गर्दा हामीले भोलिको गाउँपालिकालाई व्यवस्थित गर्न सक्दैनौँ भनेर गुरुयोजना निर्माणको थालनी गरिएको हो ।” गाउँपालिकाले यातायात गुरुयोजना निर्माण गर्दा जनघनत्व, आवश्यकता र महत्वका आधारमा सडकको वर्गीकरण गर्न लागेको उहाँको भनाइ छ ।

उहाँले गाउँपालिकाको बजेटबाट मात्र सबै सडक निर्माणको काम अघि बढाउन नसक्ने भएकाले पनि गुरुयोजना निर्माण गरेपछि समपूरक तथा सङ्घीय अनुदानलाई केन्द्रित गर्न सजिलो हुने तथा दीर्घकालीन योजनासहित सडक निर्माणको काम अघि बढाउन सजिलो हुने बताउनुभयो । सडक योजना निर्माण गर्दा गाउँपालिकाका वडाहरू गाउँपालिकाको केन्द्र, अस्पताल तथा सहर र अन्य ठूला विकासका पूर्वाधारसँग जोडिएका सडकलाई पहिलो प्राथामिकताको सडकका रूपमा विकास गर्ने योजना गाउँपालिकाको रहेको अध्यक्ष देवकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै स्थानमा भेटियो ९ वटा बेवारिसे बम

कावासोती, १२ चैत । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आइतबार दिउँसो बारीमा बम देखेपछि

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

सम्बन्धित

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालले हेरे ‘छक्का पञ्जा ४’

कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ डा कोइराला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com