ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुरुयोजना बनाउँदै अजिरकोट


एबीसी न्यूज
चैत्र ५, २०७९ आईतबार   १२ : ५८   बजे

काठमाडौं, ५ चैत । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सडक पूर्वाधार विकासका लागि गुरुयोजनाको काम अघि बढाएको छ । गाउँपलिकाले पालिकाको जनघनत्व, आवश्यकता, बढ्दो सहरीकरणलाई ध्यानमा राखेर सडक पूर्वाधार विकासको कामलाई तीव्ररूपमा अगाडि बढाउने उद्देश्यसहित यातायात गुरुयोजना नै निर्माणको थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

गुरुयोजना निर्माणका लागि अहिले पालिकाभित्रका सबै वडामा सार्वजानिक सुनुवाइको काम सुरु भइसकेको उहाँले बताउनुभयो । “अहिले सबै वडामा सुनुवाइ हुने क्रम चलिरहेको छ”, उहाँले भन्नुभयो, “कुन सडकलाई कस्तो मापदण्ड बनाउने, सडक निर्माण गर्न लागिएको ठाउँका जनताको गुनासो के छन् भनेर राय सुझाव सङ्कलनको काम भइरहेको छ ।” लगत्तै परामर्शदाता, भूगर्वविद्, अमिन, इञ्जीनियरलगायतका प्राविधिकको टोलीले गुरुयोजना निर्माणका लागि सुझावसहितको प्रतिवेदन तयार पार्ने उहाँले बताउनुभयो ।

करिब साढे दुई महिनाभित्रमा गुरुयोजना निर्माणको काम सम्पन्न भइसक्ने अध्यक्ष देवकोटाको भनाइ छ । “एकपटक निर्माण गरेको सडक दुई–चार वर्षमा भत्काएर पुन: नयाँ बनाउनुपर्ने बाध्यता सबैतिर छ, त्यसले समय र लगानीसमेत बर्बाद भइरहेको छ”, उहाँले भन्नुभयो, “यसलाई रोक्न र विकासलाई दीर्घकालीन लक्ष्यसहित तीव्रगतिमा अघि बढाउन पालिकाले यातायात गुरुयोजना निर्माणको काम अघि बढाएको हो । ”उहाँले पालिकाले आफ्नै यातायात गुरुयोजना बनाएपछि पालिकाभित्र सडक निर्माण गर्दा दीर्घकालीन लक्ष्य बनाएर योजनाबद्धरूपमा सडक निर्माणको थालनी गरिनेसमेत बताउनुभयो ।

“गुरुयोजना निर्माण गर्दा पालिकाभित्रका सडकलाई चार भागमा वर्गीकरण गर्न लागिएको छ”, अध्यक्ष देवकोटाले भन्नुभयो, “वर्गीकरणका क्रममा सडकका मापदण्डसमेत निर्धारण गरिनेछ र त्यसका आधारमा मात्र सडक निर्माणको काम अघि बढ्छ ।” उहाँका अनुसार गाउँपालिकाले निर्माण गर्न लागेको गुरुयोजनामा ‘क’ वर्गको सडकको न्यूनतम मापदण्डअनुसार चौडाइ १४ मिटर रहनेछ भने ‘ख’ वर्गको सडकको न्यूनतम मापदण्डमा चौडाइ १० मिटर रहने व्यवस्था गरिनेछ । त्यस्तै ‘ग’ वर्गको सडकको चौडाइ न्यूनतम आठ मिटर र ‘घ’ वर्गको सडकको मापदण्ड चौडाइ न्यूनतम छ मिटर कायम गरिने अध्यक्ष देवकोटाले बताउनुभयो ।

“हामीले एकपटक सडक निर्माण गरिसकेपछि अबको ५० वर्षसम्म अजिरकोटको भविष्य यसले सुनिश्चित गर्दछ”, उहाँले भन्नुभयो, “यस्तो रणनीतिक महत्वका विषयवस्तुलाई ढिलाइ गर्दा हामीले भोलिको गाउँपालिकालाई व्यवस्थित गर्न सक्दैनौँ भनेर गुरुयोजना निर्माणको थालनी गरिएको हो ।” गाउँपालिकाले यातायात गुरुयोजना निर्माण गर्दा जनघनत्व, आवश्यकता र महत्वका आधारमा सडकको वर्गीकरण गर्न लागेको उहाँको भनाइ छ ।

उहाँले गाउँपालिकाको बजेटबाट मात्र सबै सडक निर्माणको काम अघि बढाउन नसक्ने भएकाले पनि गुरुयोजना निर्माण गरेपछि समपूरक तथा सङ्घीय अनुदानलाई केन्द्रित गर्न सजिलो हुने तथा दीर्घकालीन योजनासहित सडक निर्माणको काम अघि बढाउन सजिलो हुने बताउनुभयो । सडक योजना निर्माण गर्दा गाउँपालिकाका वडाहरू गाउँपालिकाको केन्द्र, अस्पताल तथा सहर र अन्य ठूला विकासका पूर्वाधारसँग जोडिएका सडकलाई पहिलो प्राथामिकताको सडकका रूपमा विकास गर्ने योजना गाउँपालिकाको रहेको अध्यक्ष देवकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group