काठमाडौ, ५ चैत्र । काठमाडौं उपत्यकाभित्रका केही क्याम्पसहरूमा आज स्ववियु चुनाव नहुने भएको छ। मतदाता सम्बन्धीलगायत विभिन्न विवादका बीच स्ववियु चुनाव स्थगित भएका छन्। काठमाडौंको त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल) प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा स्ववियु चुनाव हुन सकेन।
यी बाहेक त्रिविका आंगिक र सम्बन्धन प्राप्त अन्य क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान भइरहेको त्रिवि स्ववियु केन्द्रीय निर्वाचन अनुगमन समितिले जनाएको छ।२ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा भने यसअघि नै सर्वसम्मत रूपमा नेतृत्व चयन भएका थिए। काठमाडौं उपत्यकाभित्र सत्ता गठबन्धनमा रहेका दलका भ्रातृ संगठनले भागबन्डा गरेर उम्मेदवारी दिएका थिए। आज स्ववियु चुनाव हुन नसकेका क्याम्पसमा पछि निर्वाचन हुनेछ।
प्रतिक्रिया दिनुहोस्