ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुत्केरीलाई पोषण खर्च


एबीसी न्यूज
चैत्र ३, २०७९ शुक्रबार   १ : १८   बजे

काठमाडौं, ३ चैत । स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने भएको छ ।

गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत चालु आर्थिक वर्षमा सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउन लागेको हो । लक्षित समूहका आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याई स्वास्थ्य अवस्था सुदृढ गर्नका लागि सुत्केरी भएको ४५ औँ दिनसम्म पोषिलो खानाका लागि पोषण खर्च उपलब्ध गराउन लागिएको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरीलाई एकमुष्ठ रु नौ हजार प्रदान गरिनेछ ।

कार्यालयले सुत्केरीलाई पोषण खर्चबापतको रकम उपलब्ध गराउनका लागि सबै स्थानीय तहसँग विवरण माग गरेको छ । “चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि सुत्केरी भएका महिलालाई उक्त रकम प्रदान गरिने छ, त्यसका लागि दश वटै स्थानीय तहसँग विवरण माग गरेका छौँ”, उहाँले भन्नुभयो ।

अतिविपन्न, दलित, अपाङ्ग र लोपोन्मुख सुत्केरी आमा पोषिलो खाना कार्यक्रममार्फत रकम उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो । अति विपन्न, दलित, अपाङ्ग र लोपोन्मुख समुदायको वर्गमा पर्ने सुत्केरी आमा हुनुपर्ने र त्यसको पहिचान सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नुपर्ने प्रमुख अधिकारीले बताउनुभयो ।

गर्भपतन गराएकाको हकमा पोषण खर्च उपलब्ध नगराइने जनाइएको छ । आवश्यक कागजात सङ्कलन गरी स्वास्थ्य संस्थाले वडाको सिफारिस साथ नगरपालिका, गाउँपालिकाको स्वास्थ्य शाखामा विवरण उपलब्ध गराउने र स्वास्थ्य शाखाले एकमुष्ठ विवरण तयार गरी रकम भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराई स्वास्थ्य कार्यालयमा सिफारिससहित विवरण उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

यो रकम लिनका लागि सम्बन्धित वडा कार्यालयबाट लक्षित वर्गअन्तर्गत पर्ने भनी गरिएको सिफारिस पत्र, नागरिकता वा परिचय खुल्ने आधिकारिक सरकारी कागजातको प्रतिलिपि, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, सुत्केरीको नाममा खोलिएको बैंक खताको चेकको प्रतिलिपि उपलब्ध गराउनुपर्ने कार्यालयले जनाएको छ ।

यसैबीच व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्यचौकीबाट प्रसूति सेवा लिएकालाई उत्प्रेरणा खर्च र यातायात खर्च उपलब्ध गराइएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत प्रोत्साहन उपलब्ध गराउने नीतिबमोजिम उनीहरुलाई उत्प्रेरणा खर्च र यातायात खर्च उपलब्ध गराइएको हो ।

चालु आवमा उक्त स्वास्थ्यचौकीबाट ११ जनाले प्रसूति सेवा लिएका छन् । उनीहरुलाई जनही रु दुई हजारका दरले यातायात खर्च र रु आठ सयका दरले उत्प्रेरणा खर्च उपलब्ध गराइएको चौकीका प्रमुख देविन्द्र कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group