ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय


abc

काठमाडौं, ३ चैत । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरीमा छुट्टै कार्यालय स्थापना गरेर त्यस क्षेत्रलाई अझै व्यवस्थित गर्ने भएको छ ।

कोषको स्थापनादेखि नै गुह्येश्वरी मन्दिर क्षेत्र पनि पशुपतिको चार किल्लाभित्र पर्ने ऐनमा व्यवस्था गरिएको छ । मन्दिर क्षेत्रलाई थप व्यवस्थित गर्न गुह्येश्वरीमा छुट्टै कार्यालय खोलिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रलाई थप व्यवस्थित गर्न सकिए यहाँ आन्तरिक र बाह्य पर्यटकको भ्रमण बढाउन सकिने विश्वास लिएको कोषले जनाएको छ ।

कोषले विसं २०६८ मा पशुपतिनाथ मन्दिरको भेटीघाटी पारदर्शी गर्न नियमावली जारी गरेको थियो । नियमावलीअनुसार पशुपति क्षेत्रको मुख्य मन्दिरका रुपमा रहेको पशुपतिनाथको भेटीघाटी पारदर्शी भए पनि गुह्येश्वरी, विश्वरुप, चन्द्रविनायकलगायत महत्वपूर्ण मन्दिरको भेटीघाटी व्यवस्थित गर्न अझै नियमावली बन्न सकेको छैन ।

गुह्येश्वरीमा छुट्टै कार्यालय खुलेपछि नियमावली बनाएर यहाँको भेटीघाटी पनि पारदर्शी गर्ने कामलाई प्राथमिकतामा राखिने उहाँले सुनाउनुभयो । यसैगरी चन्द्रविनायक मन्दिर क्षेत्रलाई पनि व्यवस्थित गर्न छुट्टै कार्यालयको स्थापना गरिनुपर्ने चाबहिलका स्थानीयवासी भरत पौडेलले माग गर्नुभयो ।

चन्द्रविनायक मन्दिर क्षेत्रमा रहेको जग्गामा बनेको भवन र सार्वजनिक जग्गालाई व्यवस्थित गर्न पनि यहाँ छुट्टै कार्यालय स्थापना गरिनुपर्ने उहाँको भनाइ छ । चन्द्रविनायक काठमाडौँ उपत्यकाका चार विनायकमध्ये एक हो । यहाँ प्रत्येक हप्ताको मङ्गलबार हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ डा कोइराला

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत उपाध्यक्ष पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com