ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायती सरकारी उपकरणमा टिकटक प्रतिबन्धित


एबीसी / संवाददाता
चैत्र ३, २०७९ शुक्रबार  ८ : ३८ बजे

काठमाडौँ, ३ चैत । बेलायती सरकारी फोनमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको बेलायती सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । क्याबिनेट कार्यालयका मन्त्री ओलिभर डाउडेनले बिहीबार नै सांसदहरूलाई ‘सरकारी उपकरणहरूको सुरक्षा’बारे सम्बोधन गर्ने बताइएको छ ।

बेलायती सञ्चारमाध्यम बीबीसी र स्काई न्युजले चिनियाँ स्वामित्वमा रहेको भिडियो सेयर गरिने एपमाथि प्रतिबन्ध लगाउन लागेको बताएका छन् ।

प्रधानमन्त्री ऋषि सुनकको कार्यालयले यस साता सुरक्षा चासोका बारेमा पटक–पटक सोधपुछ गर्दा पनि मौन बसेको छ ।

सोमबार संयुक्त राज्य अमेरिकाको भ्रमणका क्रममा सुनकले सरकारले ‘उपकरणहरूको सुरक्षालाई’ गम्भीरतापूर्वक लिएको बताए । उनले भने, “हामी हाम्रा सहयोगीहरूले के गरिरहेका छन् भनेर पनि हेर्छौं ।”

सन्डे टाइम्सले गत साता साइबर सुरक्षा विज्ञहरूले सरकारलाई टिकटक हटाउन सिफारिस गर्न सुझाव दिएको उल्लेख गरेको थियो ।

टिकटक चीनको बाइटडान्सको स्वामित्वमा रहेको छ र यसले लामो समयदेखि चीनमा डाटा नराख्ने वा बेइजिङसँग साझेदारी नगर्ने बताउँदै आएको छ ।

आधिकारिक उपकरणहरूमा एपको बेलायती प्रतिबन्धलाई युरोपेली संघ र संयुक्त राज्य अमेरिकाले पनि पछ्याउने सम्भावना रहेको छ ।

अमेरिकी अधिकारीहरूले टिकटकले बाइटडान्ससँग सम्बन्ध विच्छेद गरेमा व्यापक राष्ट्रिय प्रतिबन्धबाट बच्ने बताएका छन् ।

बिहीबार बेइजिङस्थित विदेश मन्त्रालयले वासिङ्टनलाई टिकटकलाई ‘अनुचित रूपमा दबाउने’ काम बन्द गर्न आग्रह गरेको थियो ।

प्रवक्ता वाङ वेनबिनले भने, “टिकटकले अमेरिकाको राष्ट्रिय सुरक्षालाई खतरामा पार्छ भन्ने प्रमाण प्रस्तुत गर्न अमेरिका अहिलेसम्म असफल भएको छ ।” प्रतिबन्धले टिकटकको विकासलाई रोकेको छैन ।

वी आर सोशल मार्केटिङ एजेन्सीका अनुसार एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरूको साथ यो विश्वमा छैटौँ सबैभन्दा बढी प्रयोग गरिएको सामाजिक प्लेटफर्म हो ।

यद्यपि, मेटाको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको लामो समयदेखिको ख्यातीलाई अझै टिकटकले भेट्न सकेको छैन तर युवाहरूमा यसको वृद्धिले यसको प्रतिस्पर्धीहरूलाई धेरै पछाडि पार्ने निश्चित देखिएको छ ।

वालरु एजेन्सीका अनुसार टिकटक प्रयोगकर्तामध्ये एक तिहाइ १० देखि १९ वर्ष उमेर समूहका छन् । यसको तीव्र वृद्धिले गत वर्ष विज्ञापन राजस्वमा ११ अर्ब अमेरिकी डलरभन्दा बढी योगदान गरेको थियो । यो एक वर्षमा तीन गुणाभन्दा बढीको वृद्धि हो ।

टिकटकका प्रतिस्पर्धीहरूले चाँडै यसको छोटो भिडियो ढाँचा र निरन्तर स्क्रोलिङको नक्कल गरे पनि उनीहरूलाई टिकटकको तुलनामा खासै फाइदा भएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com