ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयताको अभ्यास सन्तोषजनक छ : मुख्यमन्त्री कार्की


एबीसी / संवाददाता

काठमाडौँ, ३ चैत । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायाँमा परेको बताएका छन् । उनले मुलुकले संघीयताको अभ्यास थालेको सात वर्षकै अवधिमा सन्तोषजनक भएको दाबी गरे ।

संघीयताको अभ्यासमा प्रदेश सरकारको उपलब्धि र चुनौतीका विषयमा मुख्यमन्त्री कार्कीसँग गरिएको संक्षिप्त कुराकानीमा उनले संघीय निजामती कानुन निर्माण र प्रदेश प्रहरी समायोजनसम्बन्धी विषयमा केन्द्रीय सरकारबाट छिटो निर्णय हुनुपर्नेमा जोड दिए ।

मुलुक तीन तहको सरकारसहित संघीयताको अभ्यासमा छ, यो सात वर्षको अवधिमा भएका अभ्यासलाई कसरी लिनुभएको छ ?
संघीयताको अहिलेसम्मको अभ्यासलाई सन्तोषजनक नै मान्नपर्छ । तर, संघीयताको पूर्णरुपमा कार्यान्वयन हुन भने सकेको छैन । जति छिटो काम हुनुपर्ने हो भएको छैन । अहिले सङ्घीयतासम्बन्धी जेजति संवैधानिक व्यवस्था छ, कार्यान्वयनका पक्षमा सबै काम हुन सकेको छैन । यद्यपि, पुरानो इतिहासलाई हेर्ने हो भने अहिले सन्तोषजनक नै मान्नुपर्छ ।

संघीयतामा जनताले प्रत्यक्षरुपमा बुझ्ने भनेको प्रदेश संरचना हो । तर, प्रदेश संरचनालाई त्यो ढङ्गले काम गर्न दिइएको छैन । निजामती ऐन, प्रहरी ऐन र शिक्षा ऐन बन्न नसक्दा प्रदेशलाई हस्तान्तरण हुनुपर्ने अधिकारहरु सङ्कुचन भएका छन् ।

विगतको प्रदेश सरकारको अभ्यासको पृष्ठभूमिमा अहिले तपाईको आफ्नो पदीय जिम्मेवारीको मूल्यांकन कसरी गर्नुहुन्छ ?

विगतमा प्रदेशसभा विल्कुल नयाँ अभ्यास थियो । त्यस समय हामीले जेजति अभ्यास गरेको थियौँ अनुमान र कतै भएका आधार हेरेर गरियो । अहिले हामीसँग पाँच वर्षको पर्याप्त अनुभव छ, अझ भनौँ हामी अनुभवले समृद्ध बनेका छौँ । आज हामीसँग एउटा मार्गदर्शक बनिसकेको छ । पाँच वर्षको अन्तरालमा कानुन निर्माण, सरकार सञ्चालन र प्रदेशसभामा विषयवस्तुलाई लैजाने अभ्यासमा पर्याप्त अनुभवी बटुलेका छौँ । त्यही अनुभवका आधारमा पनि हिजोभन्दा आज धेरै सहज र सफल हुने विश्वास छ ।

प्रदेश संरचनाले हासिल गरेका उपलब्धिलाई कसरी हेर्नु भएको छ ? समस्या के के देखिएका छन् ?
संक्षिप्तमा हेर्दा पाँच वर्षमा सम्बन्धित प्रदेशमा कामकारबाही र नीतिगत निर्णय पर्याप्तमात्रामा भएका छन् । तर, नेपालमा संघीयतासम्बन्धी केन्द्रिकृत मानसिकताका कारण सकारात्मक धारणा बन्न सकेको छैन । संघीयतामा उल्लेखनीय उपलब्धि हासिल गर्न नसक्नुको धेरै समस्या चाहिँ प्रदेशका कारण भएको हो भन्ने आरोप छ । प्रदेश सरकार स्वयंले पनि यसलाई चिर्न सकेको छैन ।

विकासका पूर्वाधारमा विगतमा नभएका अथवा भनौँ २५औँ वर्षमा नभएका काम अहिले प्रदेश सरकारले गरेको छ । कोसी प्रदेशको उदाहरण दिने हो भने यस प्रदेशले विकास निर्माणमा तुलनात्मकरुपमा धेरै उचाई प्राप्त गरेको छ ।

प्रदेशमा विकास निर्माणले नयाँ उचाइ प्राप्त गरेको दाबी गरिरहँदा पूर्वाधार निर्माण र विकासमा प्रदेशमा पुँजीगत खर्चको अवस्था र समस्या कस्तो छ ?
विगतका पाँच वर्षमा कोशी प्रदेशमा पुँजीगत खर्च ८० प्रतिशतसम्म पुगेको छ । तर, पुँजीगत खर्च बढ्दैमा सबै राम्रो भयो भन्नेमा म सहमत छैन । विकास निर्माणको एउटा गतिलो उदाहरण सडक निर्माण हो । कोसी प्रदेश सरकारका तर्फबाट चार वर्षको अन्तरालमा आठ सय किलोमिटरभन्दा बढी बाटो कालोपत्र निर्माण गरेका छौँ । विगतमा पाँच सय किलोमिटरसम्म कालोपत्र हुँदैन थियो । अहिले दुई हजार किलोमिटर बढी सडक कालोपत्रे भएका छन् । सडकसँगै पुल र झोलुंगे पुल निर्माण भएका छन् ।

तर स्थानीय तह, प्रदेश र संघको जिम्मेवारीबारे अन्योलताका कारण कतिपय कामको परिणाम देखिएन । तीनै तहका सरकारले एउटै ठाउँमा एउटै काम गरेका छन्, दोहोरोपनाका कारण परिणाम नदेखिएको हो । केन्द्रबाट यी तीन तहका सरकारको अधिकार क्षेत्रबारे स्पष्टता हुन सकेको छैन, त्यो हुन जरुरी छ ।

धेरै समस्या र गुनासो तीन तहका सरकारबीचको समन्वय अभावका कारण उत्पन्न भएको देखिन्छ, त्यसमा पनि प्रदेशले स्थानीय तह र संघीय तहका सरकारबीच समन्वय गराउन कस्तो समस्या बेहोर्नु पर्‍यो ?
स्थानीय तह अलगै तह हो । स्थानीय तह प्रदेश सरकारसँग भरपर्ने आवश्यक हुँदैन । स्थानीय तह आफैँले बजेट र कानुन बनाउँछ । थप आवश्यक बजेटका लागि प्रदेशसँग जोडिने हो । तर त्यसका लागि प्रदेश र स्थानीय तहलाई जोड्ने संयन्त्र कमजोर छ, त्यसलाई संविधान र कानुनअनुसार मजबुत बनाउन आवश्यक छ । अर्कोतर्फ प्रदेश सरकारलाई स्थानीय तहको कानुन निर्माण, कर्मचारी व्यवस्थापन र कतिपय आर्थिक कामको संयोजन गर्ने जिम्मेवारी पाएन । यी तीन विषयमा संयोजकको जिम्मेवारी प्रदेश सरकारलाई दिइनुपर्छ ।

संघीय सरकारको तर्फबाट प्रदेश सरकारलाई सफल बनाउन तत्काल गरिदिनुपर्ने कानुनी तथा व्यवस्थापकीय र प्राविधिक पक्षहरु के–के हुन् ?
प्रदेश सरकारलाई सफल बनाउन तीन वटा कानुन यथाशीघ्र बनाउनुपर्छ । पहिलो, संघीय प्रहरी ऐन बनाइदिएर प्रदेशले आफ्नो प्रहरी गठन गर्न पाउने अधिकार अविलम्ब दिनुपर्छ । दोस्रो, संघले निजामती ऐन बनाएर प्रदेशको निजामती ऐन बनाउने बाटो खुला गरिदिनुपर्छ । र शिक्षाका विषयमा देखिएका अन्योलता र अस्पष्टता हटाउनका लागि शिक्षा ऐन तत्काल बनाउनुपर्छ । केन्द्रले शिक्षा नीतिको केन्द्रीय प्रारुप र नीति तयार गर्ने र सबै जिम्मेवारी प्रदेशलाई दिनुपर्छ ।

आर्थिकरुपमा संघले प्रदेश र स्थानीय तहको घाँटी निमोठने काम संघीय ऐनमार्फत गरेको छ । संघले अन्तर सरकारी वित्त व्यवथापन ऐन, २०७४ मा संशोधन गर्न आवश्यक छ । राजस्वको बाँडफाँडमा मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको बाँडफाँडमा ७० प्रतिशत संघ र ३० प्रतिशत स्थानीय र प्रदेश सरकारलाई राखेको छ । यो सिद्धान्त र व्यावहारिकरुपमा गलत कुरा हो । यसमा संशोधन हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

राजनीतिक अस्थिरताले संघीयता कार्यान्वयनमा समस्या ल्यायो : पूर्वमुख्यमन्त्री शाही

व्यवसायीका समस्या समाधानमा प्रधानमन्त्रीको आश्वासन कार्यान्वयनको प्रतीक्षामा छौँ : उपाध्यक्ष श्रेष्ठ

लोकतन्त्र, संविधानको रक्षा तथा परिपालनाको विषयलाई मैले महत्वपूर्ण ठानेको छु : नेता पौडेल

भूकम्पपछि टर्कीद्वारा निर्माण व्यवसायीमाथि अनुसन्धान सुरु

कर्णालीको विकास र समृद्धिको अभिभारा पूरा गरिनेछ : मुख्यमन्त्री शर्मा

नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ : डा.चन्द्रमणि अधिकारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com