ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय गन्तव्य बन्दै पुरानोकोट गढी


एबीसी न्यूज
चैत्र २, २०७९ बिहीबार   १ : ५३   बजे

काठमाडौं, २ चैत । एतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्यको रूपमा पर्न थालेको छ । यहाँ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालय र बेँसीसहर नगरपालिकाको संयुक्त लगानीमा वडा नं ४ स्थित पुरानोकोट गढीमा शान्ति स्तूपा तथा भ्यू टावर निर्माण गरिएपछि यतिबेला पर्यटकको आवागमन बढ्न थालेको हो ।

नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको उक्त गढीमा निर्माण गरिएको संरचना हेर्न, तथा सो क्षेत्रबाट आसपासका प्राकृतिक दृश्य नियाल्न यतिबेला पर्यटकको आगममन बढ्दो छ । स्थानीयवासी देवबहादुर गुरुङले भन्नुभयो, “सोही स्तूपा तथा भ्यू टावर वरपर कालु शाहकी रानीको दरबार रहेको सो स्थानलाई यशोबह्म शाहको पालादेखि पुरानोकोट गढीका रुपमा स्थापित हुँदै आएको छ । यतिबेला सो स्थानमा पर्यटकको आगमन बाक्लिएको छ । उहाँका अनुसार दैनिक १०० भन्दा बढी र बिदा तथा चाडपर्वको दिनमा दुई सयभन्दा बढी पर्यटक आउने गरेका छन् । यतिबेला सो स्तूपा तथा भ्यू टावर पर्यटकको मुख्य आकर्षणका रूपमा रहेको छ ।”

भ्यू टावरबाट काठमाडाँैको थानकोटडाँडा, चितवनको मुग्लिनमाथिको डाँडा, गोरखा, तनहुँ, कास्की, म्याग्दीलगायत जिल्लाको केही भाग देख्न सकिने स्थानीयवासी गुरुङ बताउनुहुन्छ । त्यस्तै, बौद्ध हिमाल, माछापुच्छे, अन्नपूर्ण दोस्रोदेखि चौँथोसम्म, मनास्लु, हिमालचुली, अन्नपूर्ण साउथ, मनास्लु दक्षिण, च्ये हिमाल, डाक्टर हर्कपिकसहित दर्जनाँै हिमशङ्खलाका साथै सूर्योदयको मनोमोहक दृश्यसमेत अवलोकन गर्न सकिने त्यहाँका बासिन्दा बताउँछन्

नवनिर्मित सो संरचना नजिकै त्यसबेलाका राजाले पूजा गर्ने मौला कालिका मन्दिरसमेत छ । पुरानोकोट गढी यतिबेला भग्नावेश अवस्थामा रहेको छ । शाह राजाको बसोबास रहेकाले यो स्थानको महत्व बढ्नाका साथै प्रचारप्रसार गर्न तथा पर्यटक आकर्षित गर्न स्तूपा तथा भ्यू टावर निर्माण गरिएको नगरप्रमुख गुमानसिंह अर्याल बताउनुहुन्छ ।

यहाँ उक्त संरचना निर्माणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्नाका साथै नगरपालिकाको आर्थिक बृृद्धिमासमेत सहयोग पुग्ने नगरप्रमुख अर्याल उल्लेख गर्नुहुन्छ । निर्माण कम्पनी हिम पराजुली कन्टक्सनले विसं २०७८ गत फागुन महिनाभित्र निर्माण सक्ने सम्झौता गरे पनि निर्धारित समयमा काम नसकेपछि थप गरिएको म्यादमा अहिले निर्माणको अधिकांश काम सम्पन्न भइसकेको नगर प्रमुख अर्याल बताउनुहुन्छ ।

यहाँ पानी र बिजुलीको व्यवस्था गर्न बाँकी रहेको र अन्य काम सम्पन्न भइसकेको छ । ती संरचना निर्माणका लागि रु चार करोड ८१ लाखको लागत स्टमेन्ट गरिए पनि रु ५५ लाख कममा उक्त कम्पनीले निर्माण गर्ने सम्झौता गरेको थियो । नगरपालिकाका अनुसार रु एक करोड ४९ लाख नगरपालिका र रु दुई करोड ७७ लाख पर्यटन मन्त्रालयको गरी रु चार करोड २६ लाख बजेटमा शान्ति स्तूपासहितको भ्यूटावर निर्माण भएको छ । शान्ति स्तूपाको गजुर निर्माण एवं रङ्गरोगन गर्नाका साथै चार वटा बौद्धमूर्तिसमेत राखिएकोे छ । उक्त संरचनाको क्षेत्रफल दुई सय ८३ स्क्यायर मिटर रहेको बताइएको छ । सो स्तूपा तथा भ्यूटावरसम्मै पुग्नलाई रु २१ लाख खर्च गरेर नगरपालिकाले सडकसमेत निर्माण गरेको छ ।
बेँसीसहर बजारदेखि लमजुङ दरबार, गाउँले पानी घरवास हुँदै सो स्थानमा पुग्न सकिन्छ । बेँसीसहरबाट १६ किलोमिटरको दूरीमा भ्यूटावर रहेको छ । त्यस्तै भग्नावेश रानीको दरबार संरक्षण तथा मर्मतका लागि ३ नं वडा कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको छ ।

यतिबेला स्तूपा वरिपरिको वनजङ्गलमा फुल्न थालेको लालिगुराँसले झनै स्तूपा तथा भ्यूटावरको सौन्दर्य बढाएको छ । स्तूपा आएका पर्यटकमध्ये बेलु गुरुङले भन्नुभयो, यहाँ आइपुग्दा धेरै रमाइलो लाग्यो, एकदम आनन्दको ठाउँ रहेछ, यस्ता संरचनाले पर्यटकलाई खुसी मिल्नेछ । यहाँ आउने पर्यटकले सबैतिर अवलोकन गर्नाका साथै, सेल्फी खिच्ने, फोटो खिच्ने, टिकटक बनाएर रमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group