चितवन, १ चैत । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ सारदानगरस्थित शहीद स्मारक कलेजमा शंकास्पद वस्तु फेला परेको छ।
कलेज परिसरमा रहेको पार्किङ स्थलमा कार्टुनमा हरियो र कालो टेपले बेरेको हरियो तार जडान भएको वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
आज फेला परेको उक्त वस्तुमा ‘स्ववियु निर्वाचन रद्द गरौं’ लेखिएको छ।
डिएसपी पण्डितले उक्त स्थानमा प्रहरी खटिएको र नेपाली सेनासँग समन्वय भइरहेको बताए। यसअघि फागुन २९ गते भरतपुर–२६ दिव्यनगरस्थित उमावडी शेरचन कलेजको गेट नजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो। चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। गत मंगलबार विभिन्न क्याम्पसहरूमा विद्यार्थीले लगाएको ताला प्रहरीले फोडेको थियो।
प्रतिक्रिया दिनुहोस्