ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छाडा गाईको संरक्षणमा जुटेका नरबहादुर


एबीसी / संवाददाता

त्रिवेणी, १ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–३ का नरबहादुर सुनार स्थानीय छाडा गाईको संरक्षणमा लागेका छन् । करिब एक दशकअघिदेखि स्थानीय प्रजातिका छाडा गाईको संरक्षणमा लाग्नुभएका सुनारको दिनचर्या गौशालामा रहेका गाईको स्याहारसुसार र रेखदेखमा बित्ने गरेको छ ।

सुनारले २०६८ सालमा दुई छाडा गाई राखेर संरक्षण अभियान सुरु गरेकामा अहिले गौशालामा ८५ गाई छन् । सुनार एक्लैले गौशालामा गाईको रेखदेख गर्दै आएका छन् । बजार क्षेत्रमा स्थानीयले छाडारूपमा छाडेका गाई गौशालामा राख्ने गरिएको उनले बताए । स्थानीय गाईको सङ्ख्या कम हुँदै गएकाले समेत यसको संरक्षण गर्नुपर्छ भनेर आफू लागेको सुनारको भनाइ छ ।

सुरुवातमा आफू एक्लैले पहल गरेको भए पनि हाल स्थानीयस्तरमा यसको संरक्षणमा आवश्यक सहयोग हुँदैआएको सुनारले बताए । दानाका लागि चापट, पराल स्थानीयस्तरबाटै सहयोग हुने गरेको छ । “सुरुमा एक्लै लागे, गाई पनि थोरै थिए, अहिले गाई धेरै छन्, दाताले दाना, परालका लागि बेला–बेलामा सहयोग गर्दैआएका छन्”, उनले भने ।

धार्मिक दृष्टिकोणबाट गाईको महत्व हुने र स्थानीय जातको गाई लोप हुँदै जान थालेपछि यसको संरक्षण गर्नुपर्छ भनेर अभियान थालिएको हो । गाई संरक्षणबाट कृषि पेशामा लाभ मिलेको छ । प्रांगरिक मल उत्पादन हुँदा यसको प्रयोगले कृषि उत्पादन बढाउन सहज भएको सुनारले बताए । प्रांगरिक मल अभाव हुँदा रासायनिक मल प्रयोग गर्ने चलन छ । यसले माटोलाई बिगार्दै जाँदा क्रमशः उत्पादनमा ह्रास आउँछ ।

गौशालामा उत्पादन भएको प्राङगारिक मल कृषकले लैजाने गरका छन् । “हामीले मल बिक्री गर्दैनौँ, तर कृषकले पराल ल्याउनुहुन्छ, सोहीअनुसार मल लैजाने गर्नुहुन्छ, कृषि उत्पादन बढाउन समेत यसले सहयोग पुगेको छ”, सुनारले भने ।

धार्मिक दृष्टिले समेत गाईको महत्व रहेकाले गौशाला निर्माण गरी संरक्षण हुँदा बजार क्षेत्रका बासिन्दालाई लाभ छ । तिहारको समयमा कावासोतीको बजार क्षेत्रमा घरमा गाई नहुनेले पूजाआजाका लागि गौशालामा आउने गरेका छन् । “कृषि र धार्मिक प्रयोजनका लागि उचित ठानेरै छाडा गाईको संरक्षणमा लागेको हुँ”, उनले भने ।

छाडा गाईले बजार क्षेत्रमा दुर्घटनाको जोखिम हुने, बालीनाली नष्ट गर्ने गरेकामा त्यस्ता गाईलाई गौशालामा राख्दा एकातर्फ दुर्घटनाको जोखिम कम हुने, बालीनालीमा क्षति नहुने हुँदा संरक्षण आवश्यक भएको कावासोती–३ का वडाध्यक्ष डोरमान गिरीले बताए । गौशाला व्यवस्थित गरी सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

गाईको सङ्ख्या बढ्दै जाँदा चरनको अभाव भएको सुनारको भनाइ छ । गाईका लागि दाना र परालको समस्या हुने गरेको छ । बेला–बेलामा विभिन्न सहयोगीले दाना, चापट र पराल सहयोग गर्ने गरेकाले केही राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com