ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक पदहरुमा सन्तुलन मिलेको छ, म खुशी छु : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
फाल्गुन २९, २०७९ सोमबार   ८ : २८   बजे

काठमाडौं, २९ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक पदहरुमा राजनीतिक दलहरुको शक्ति सन्तुलन मिलेको बताएका छन् ।

उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका संवैधानिक पदहरुमा फरकफरक राजनीतिक दलहरुको प्रतिनिधित्व भएको भन्दै यसले आफूलाई खुशी र गर्वको महसुस गराएको बताएका हुन् ।

सोमबार नेपाल नगरपालिका संघको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डल संवैधानिक पदहरुमा राजनीतिक सन्तुलन मिल्दा ‘चेक एण्ड ब्यालेन्स’ हुने बताए ।

‘मलाई खुशी के मा पनि छ भने हामी कति सहमति र समझदारीबाट जानसक्यौं, सकेनौं त्यो त एउटा कुरा हो । तर सन्तुलन हामीले कायम गरेका छौं । राष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपराष्ट्रपति हेर्‍यो भने विभिन्न राजनीतिक दलबाट छ । र त्यहाँ सन्तुलन छ । चेक एण्ड ब्यालेन्स हुने किसिमको शक्ति सन्तुलन कायम गरिएको छ’ उनले भने ।

यो सन्तुलन कायम गर्ने प्रक्रियामा आफूले भूमिका खेल्ने अवसर पाएको भन्दै प्रचण्डले भने, ‘तत्काल त कसैलाई अलि नमिठो लागेको हुनसक्छ । कसैलाई अलि बढी मिठो लागेको हुन पनि सक्छ । तर समग्रमा हेरियो भने एउटा सन्तुलन कायम गरिएको छ । र अब हामीले विकास, समृद्धि र आवश्यक ऐन निर्माणको प्रक्रियामा जानु छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group