ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिले सँगै जेल बसेका साथीलाई शपथ ग्रहणमा बोलाएपछि…


एबीसी / संवाददाता

काठमाडौँ, २९ फागुन । बागलुङका डिलप्रसाद सापकोटा (सापकोटा बाजे) आफूले सहयोग गरेको व्यक्ति राष्ट्रपतिजस्तो गरिमामय पद सम्हाल्न पुगेकामा हर्षविभोर छन् ।

“म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल) को राम्रो सेवा गर्न पाएकामा । जेलबाट निस्किएर सभामुख बन्नुभयो, पटकपटक मन्त्री हुनुभयो तर विगतको दुःख कहिल्यै भुल्नु भएन । मलाई फोन गरिरहनुहुन्थ्यो, घरमा पनि पटकपटक आउनुभयो”, सापकोटाले भने ।

राष्ट्रपति पौडेल तत्कालीन समय बागलुङ जेलमा बस्दा दुध पुर्‍याउने डिलप्रसाद सापकोटालाई पनि शपथ ग्रहण समारोहमा बोलाइएको थियो । घरायसी कारणले शपथ समारोहमा आउन नपाएका सापकोटाले एक साताभित्रै राष्ट्रपतिलाई भेट्ने योजना रहेको सुनाए ।

राष्ट्रपति पौडेल विसं २०४६ को जनआन्दोलनका क्रममा संगठन बनाउने क्रममा बागलुङ पुगेका थिए । संगठन गरेर फर्किने क्रममा पर्वतमा पुगेपछि पक्राउ परेका थिए । पक्राउपछि पौडेललाई बागलुङ जेलमा राखियो । त्यतिखेर बागलुङ काठेखोला गाउँपालिका–६ का सापकोटा गाउँमा दूध जम्मा गरेर सहरमा लगेर बिक्री गर्ने काम गर्थे। सोही क्रममा पौडेलसँग भेटघाट र चिनाजानी भएको थियो ।

सहयोग गरेको व्यक्ति राष्ट्रपति बने पनि सापकोटालाई व्यक्तिगत लाभका लागि कुनै अपेक्षा छैन । “सिर्फ संस्थाको गरिमालाई कायम राखी जनताको विश्वास र भरोसालाई कायम राखेर पदीय जिम्मेवारी पूरा गरिदिए पुग्छ”, उनले भने ।

बागलुङ कांग्रेसमा आबद्ध ६३ वर्षीया सापकोटा अहिले पनि सामान्य खेती किसानी गर्छन् । उनले भने, “पौडेल जेल बस्दा दुःख लगेर खुवाउँथे, गाउँबाट मकै भटमास भुटेर लैजान्थेँ, साथमा पत्रपत्रिका पनि किनेर लगिदिन्थेँ ।”

संघर्षपछिको सफलता नै सार्थक जीवनको खुसी हो । दुःख, संघर्ष र हैरानी दैनिकीसँग जोडिएका कुरा हुन् । पञ्चायतकालीन राजनीतिको रापले पौडेलको जीवनमा अनेकन मोड ल्यायो । तर, पनि आत्मविश्वास कहिल्यै खस्केन । आस्था र विश्वासको दियो निभेन । त्यसैले त सफलताको शिखर चुन्न सफल भए राष्ट्रपति बनेर । जेल जीवन जिउँदा पनि राष्ट्रपति पौडेलमा कुनै निराशा थिएन । मुहारमा कान्ति छाएकै हुन्थ्यो । “हाम्रो आन्दोलन सफल हुन्छ, हामी सफल भएरै निस्कन्छौँ भन्नुहुन्थ्यो”, पौडेललाई जेलमा भेट्दाको अनुभव सुनाउँदै सापकोटाले भने ।

बागलुङ काठेखोला–५ का रघुपति शर्माले राष्ट्रपति पौडेलसँगै जेल बसेका थिए । उनलाई पनि राष्ट्रपतिको शपथमा काठमाडौँ बोलाइएको थियो तर कारणवश आउन पाएनन् । “राष्ट्रपति पौडेलसँग जिल्ला प्रहरी कार्यालयको कारागार र बागलुङ कारागारमा गरी ९९ रातसँगै बसेको थिएँ । उहाँलाई नजिकबाट चिनेको छु, सबैलाई राम्रो व्यवहार गर्ने सरल र सादगी व्यक्तित्व हुनुहुन्थ्यो”, शर्माले भने ।

शर्माका अनुसार संघ संस्था ऐन, २०१७ अनुसार तत्कालीन समयमा पौडेलसहित संगठनमा सक्रिय १० जनालाई जेल पठाइएको थियो । पौडेल जेलमा रहँदा बिहान सबैरे उठ्ने, किताब लेख्नुका साथै देश, लोकतन्त्र र मानव अधिकारका विषयमा जेलमै कक्षा सञ्चालन गर्थे । उनले भने, “पौडेल पढेलेखेको मान्छे हामीलाई जेलभित्रै कक्षा दिनुहुन्थ्यो, असाध्यै शालीन र सरल व्यक्ति हुनुहुन्थ्यो ।”

शर्माले राष्ट्रपति पौडेलको कार्यकालमा देशमा राजनीतिक स्थायित्व कायम भई जनताभित्र पलाएको निराशालाई आशामा बदलेर देशको स्वतन्त्र अभिभावक बन्ने विश्वास व्यक्त गर्नुभयो । पौडेलसँगै जेल पर्दा शर्मा तत्कालीन समयमा नेपाल विद्यार्थी संघ बागलुङको सचिव भए ।

शपथ समारोहमा बोलाइएका गोविन्द कँडेल पौडेलसँगै जेलमा बसेका थिए । जेल जीवन बिताउँदाको साथी राष्ट्रपति बनेपछि शीतल निवास पुगेर बधाई दिएर खुसी साटे । लामो राजनीतिक जीवन संघर्षमा सादगी र सरल राजनीतिज्ञको छवि बनाउनुभएका पौडेल मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन् । राष्ट्रपति पौडेलले आफूसँग जेल जीवन बिताएका व्यक्तिलाई आज शपथ ग्रहण समारोहमा बोलाएका थिए । पञ्चायती शासन व्यवस्थामा जेल पर्दा आफूसँगै रहेका व्यक्तिलाई राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण समारोहमा अतिथिका रूपमा बोलाएका हुन् । इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मालाई शपथ ग्रहणमा आमन्त्रण गरिएको थियो ।

राष्ट्रपति पौडेलले आज शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । राष्ट्रपति पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनकी श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, सङ्ज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) छन् ।

भरतपुर कब्जा गर्ने कांग्रेसको तत्कालीन सशस्त्र संघर्षमा संलग्न भएको आरोपमा विसं २०१८ मा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोगेका पौडेलले विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार हुनुका साथै त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनका क्रममा राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरेका थिए ।

मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएका पौडेलको स्थायी बसोबास व्यास–८ बेलथुम्की तनहुँ हो भने हालको ठेगाना काठमाडौँ–१६ बोहोराटार बालाजु हो । उनले शास्त्री (संस्कृत साहित्य, २०२४), स्नातकोत्तर (नेपाली साहित्य २०२७) सम्म अध्ययन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ऊर्जामन्त्री बन्दै शक्ति बस्नेत

काठमाडौँ, १७ चैत । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बन्ने भएका छन् । शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको प्रधानमन्त्री पुष्पकमल

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

काठमाडौं, १७ चैत्र ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको

सम्बन्धित

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

आजदेखि एसईई, ५ लाख बढी परिक्षार्थी

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने

रास्वपाबाट बारा २ मा रमेश खरेल, तनहुँ १ मा स्वर्णिम वाग्ले, चैतेहरुको बोलवाला

प्रचण्ड सरकारको दोस्रो नीति कार्यक्रम कार्यान्वयन गर्ने कि देखाउने मात्र ?(पूर्ण पाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com