ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतको आदेश शान्ति सम्झौता बाहिर गएन : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
फाल्गुन २९, २०७९ सोमबार   ५ : ४५   बजे

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन घटनालाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दामा शान्ति सम्झौताको पक्षमा नै आदेश आएको बताएका छन् । सोमबार माओवादी केन्द्र निकट शिक्षक संगठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले अब शान्ति प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पुर्‍याउन सहज हुने पनि बताएका छन् ।सर्वोच्च अदालतमा आफूविरुद्ध परेको द्वन्द्वकालीन घटनाको मुद्दाले पार्टी कार्यतालाई चिन्तामा पारेको दाहालको भनाइ थियो ।

अहिले पनि कहीँकतैबाट विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता वा त्यसको नेतृत्वकर्ता, संविधान निर्माण, संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणमा नेतृत्व गर्नेहरूमाथि कसैले नकरात्मक सोच राखेर नकरात्मक क्रियाकलपा गर्छ भने टिक्दैन, उनले भने, विस्तृत शान्ति सम्झौताभन्दा बाहिर अध्यक्ष तथा प्रधानमन्त्रीलाई केही हुन लागेको हो कि भनेर देशभरि चिन्ता भयो तर म बिल्कुल चिन्तित थिइनँ । किन चिन्तित थिइनँ भने यो हामीलाई सहयोगी बन्यो । यो विभाजित मा‌ओवादीलाई एकै ठाउँमा आउ भनेजस्तो लाग्यो । हामीलाई एक ठाउँमा आउ भनेको जस्तो भयो ।

संक्रमणकालीन न्यायको सिद्धान्तलाई निष्कर्षमा पुर्‍याउनका लागि सरकारले कदम चालेको र सर्वोच्चले पनि त्यसमा साथ दिने आदेश दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो । अदालतको फैसला हाम्रो र शान्ति सम्झौताभन्दा बाहिर गएन, त्यसको पक्षमा नै आयो । चिन्तित हुँदैनौं तर सतर्क हुनैपर्छ, उनले भने । कार्यकर्ता तथा नेताहरूलाई संगठन निर्माणमा लाग्न पनि प्रधानमन्त्री तथा अध्यक्ष दाहालको भनाइ थियो । द्वन्द्वकालीन घटनालाई लिएर केही पहिले सर्वोच्च अदालतमा दाहालविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले दाहालसँग कारण देखाउ आदेश माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group