ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा


एबीसी / संवाददाता

बैतडी, २९ फागुन । बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट एक हजार दुई बढी नागरिक लाभान्वित भएका छन् ।

दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बैतडीले सिगास र पञ्चेश्वरमा कार्यक्रम सञ्चालन गरेको हो । विशेषज्ञ सेवासहितको स्वास्थ्य गाउँघर चिकित्सक कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर दिपेश श्रेष्ठले जानकारी दिए । शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, अल्ट्रासाउण्ड सेवा, इसिजी सेवालगायत विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको थियो ।

यस्तै, अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवालगायतका स्वास्थ्य सेवा पनि शिविरमा सञ्चालन गरिएको हो । यसका साथै सामान्य चेकजाँचका साथै विशेषज्ञ सेवा पनि दिने गरिएको छ ।

सिगासको गाँजरी स्वास्थ्यचौकीमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा सात सय ८८ जनाले सेवा लिएका छन् । उक्त शिविरमा एक ५६ जनाले हाडजोर्नी, एकसय १० जनाले भिडियो एक्सरे, एकसय ३१ जनाले नाक कान र घाँटीसम्बन्धी सेवा, ८९ जना बालबालिका र दाँतसम्बन्धी समस्या भएका ९३ जना, १२ जनाले इसिजी र तीनसय २९ जनाले सामान्य चेकजाँच सेवा लिएका छन् ।

यसअघि जिल्लाको पञ्चेश्वर गाउँपालिकामा गाउँघर चिकित्सक कार्यक्रमअन्तर्गत सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय जनाले सेवा लिएका लिएका थिए । अस्पतालको पहुँच बाहिर रहेका दुर्गम ठाउँका नागरिक सेवा पाउँदा खुसी पनि भएका छन् ।

जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालेको हो । निकट भविष्यमै अर्को दुर्गम पालिकामा उक्त कार्यक्रम सञ्चालन हुने जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com