काठमाडौँ, २६ फागुन । नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा शुक्रबार बढुवा सिफारिस भएको छ । बढुवा समितिले सिफारिस निकालेको हो ।
पहिलो नम्बरमा वसन्त कुँवर छन् । यसअघि डीआईजीमा पनि उनी नै पहिलो नम्बरमा थिए । दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाचौँमा किरण बज्राचार्य रहेका छन् । यसअघि गत असारमा निकालिएको बढुवा सिफारिसमा पनि दोस्रोमा राई थिए । चौथोमा थापा, पाँचौमा ज्ञवाली र छैटौंमा बज्राचार्य थिए ।
तेस्रो नम्बरमा रहेका अशोक सिंहले राजीनामा दिएपछि पछाडि रहेका एक(एक स्थान उक्लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्