ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’


एबीसी / संवाददाता

बझाङ, २३ फागुन । केदारस्यु गाउँपालिका–४ शिक्षादय माविकी छात्रा कोपिला रावललाई अहिले ‘सेनेटरी प्याड’ लिन कुनै अप्ठ्यारो हुँदैन । दश कक्षामा अध्ययनरत १४ वर्षीया रावललाई यसका लागि सूचना केन्द्रले सहयोग गरेको छ ।

महिनावारी भएको बेलामा विद्यालयमा नजाने उहाँ अहिले नियमित विद्यालयमा जान थालेकी छन् । “सेनेटरी प्याडको बारेमा केही जानकारी थिएन, च्यातिएको कपडा प्रयोग गर्थ्यौँ । अहिले ज्ञान पनि लियौँ, प्रयोग पनि गर्‍यौँ । निकै सहज भएको छ”, उनले भनिन् । उनीलाई मात्रै होइन । शिक्षादयमा अध्ययनरत अन्य किशोरीलाई सूचना केन्द्र स्थापना भएपछि धेरै फाइदा भएको छ । विद्यालयमा किशोरीमैत्री सूचना केन्द्र स्थापनापछि रावलजस्तै अन्य किशोरी विद्यालयमा सधैँ उपस्थित हुने गरेको शिक्षादय माविका स्वास्थ्य शिक्षक शैलेन्द्रबहादुर सिंहले बताए ।

“किशोरी सुरूमा सेनेटरी प्याड माग्नका लागि शिक्षिकाको बाटो कुर्थे,” उनले भने, “अहिले किशोरीले यो विषयमा धेरै नै ज्ञान लिइसकेका छन् । सूचना केन्द्रमा गएर विभिन्न किशोरीसम्बन्धी कुरा सिक्ने र आवश्यकताअनुसार सेनेटरी प्याड लिने गर्छन् ।” विद्यालयका प्रधानाध्यापक गगनबहादुर विष्टका अनुसार एकीकृत विकास समाज नेपालले विगत चार वर्षदेखि मासिक रूपमा वितरण गर्ने गरेको किशोरमैत्री सामग्रीबाट छात्रालाई सहयोग पुगेको छ । “यौन शिक्षा, किशोरी शिक्षा, बाहिरी शिक्षाबारे छात्रा धेरै जान्ने भएका छन्, प्रधानाध्यापक विष्टले भने, “पहिले महिनाबारीको समयमा विद्यालयमा नै नआउने किशोरी अहिले नियमित भएका छन् । विद्यार्थी एक आपसमा मात्रै नभई अरूसँग पनि खुलेर कुरा गर्नसक्ने भएका छन् ।”

शिक्षादयमा अहिले छात्रा र छात्रा बराबरीको सङ्ख्यामा छन् । त्योमध्येका पनि किशोरावस्थाका छात्रा सय जनाभन्दा बढी छन् । “पहिले सात कक्षा माथिका किशोरी हरेक दिन १०÷१२ अनुपस्थित हुन्थे”, उनले भने, “विद्यालय नआएपछि महिनाबारी भएको हुनसक्ने अनुमान गर्थ्यौँ । आजभोलि भने सबै किशोरीहरू नियमित भएका छन् ।”

जिल्लामा एकीकृत विकास समाज नेपाल (आइडिएस) ले शिक्षादयमा मात्रै नभई जिल्लाका चार सय ४८ विद्यालयमै सरसफाइसम्बन्धी काम गरिरहेको छ । धारा बनाउने, शौचालय निर्माण गर्ने, मर्मत गर्ने, सूचना केन्द्र स्थापना गर्नेलगायत काम गरिरहेको समाजका जिल्ला संयोजक सुरेन्द्र जैरूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com