ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको वार्षिक रक्षा बजेट ७.२ प्रतिशत


एबीसी न्यूज
फाल्गुन २२, २०७९ सोमबार   ७ : ३८   बजे

बेइजिङ, फागुन २२ गते । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालु वर्षको रक्षा बजेट ७।२ प्रतिशत हुने बताएको छ । गतवर्ष रक्षा क्षेत्रको बजेट ७.१ प्रतिशत थियो । आज सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो वर्ष २२४।७९ बिलियन अमेरिकी डलर विनियोजन गरिएको छ ।

चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा बजेटको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको छ । पश्चिमा मुलुकले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ हेर्ने गरेका छन् । उनीहरूले रक्षा क्षेत्रमा चीनले अनपेक्षित रूपमा अधिक रकम विनियोजन गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

जटिल सुरक्षा चुनौतीको सामना गर्न तथा आफ्नो प्रमुख जिम्मेवारी पूरा गर्न प्रस्तुत गरिएको बजेटलाई १४औँ राष्ट्रिय जन कङ्ग्रेसका प्रवक्ता वाङ चाओले उचित र व्यावहारिक भन्नुभएको छ । उहाँले रक्षा बजेट वृद्धि आवश्यक रहेको बताउँदै त्यो देशले अवलम्बन गरेको राष्ट्रिय प्रतिरक्षा नीति अनुकूल रहेको सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिनुभएको छ । “रक्षा खर्चमा जति नै लगानी गरियोस् वा आफ्नो सशस्त्र बललाई जतिसुकै आधुनिकीकरण गरे पनि चीनले कहिल्यै प्रभुत्व, विस्तार वा प्रभावको क्षेत्र खोज्ने छैन,” उहाँले भन्नुभयो । चीनको रक्षा बजेट संयुक्त राज्य अमेरिकाको करिब एक चौथाइ हो ।

यसैबीच, एएफपीका अनुसार हालैका वर्षमा चीन र अमेरिकाबीच व्यापार, मानवअधिकार र अन्य विषयलाई लिएर मतभेद बढ्दै आएको छ । गत महिना मौसमी विवरण सङ्कलनका निम्ति प्रक्षेपण गरिएको चिनियाँ बेलुन वायुको वेग र बहावका कारण अमेरिकी आकाशमा पुगेपछ दुई देशबीचको सम्बन्ध अझ चिसिएको छ । अमेरिकाले आफ्नो जासुसी गर्न चीनले बेलुन छाडेको आरोप लगाउँदै त्यसलाई खसालेको थियो । चीनले अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।

अमेरिकाले चीनको स्वशासित टापु ताइवानमा बेइजिङले आक्रमण गर्नसक्ने चेतावनी दिँदै आएका छन् । ताइवानी क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिलाई लिएर अमेरिकाले त्यस्तो चेतावनी दिएको हो । चीनले आवश्यक परेमा ताइवानमा बल प्रयोग गरेर त्यसलाई आफ्नो नियन्त्रणमा राख्ने वाचा गरेको छ ।

रक्षा विश्लेषकहरूले पनि ताइवानमा अमेरिकी प्रभाव नियन्त्रण गर्न तथा उसलाई त्यहाँबाट बाहिर पार्न रक्षा बजेट र क्षमतामा लगातार लगानी बढाइरहेको छ । उत्तरपूर्वी एसियामा हतियारको होडबाजी बढिरहेका बेला चीनले रक्षा खर्च बढाउनु स्वाभाविक भएको उनीहरूको विश्लेषण छ । क्षेत्रीय सुरक्षा परिदृश्यले पनि रक्षा खर्च बढाउनुपर्ने परिस्थिति सृजना भएको उनीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

अमेरिकाको एडवार्ड्स एयर फोर्स बेसमा बी-५२ बमवर्षक विमान दुर्घटना: ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group