ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्ताङमा विश्वविद्यालय खोल्न भारतीय दूतावासमा भएको पत्राचारबारे छानबिन हुन्छ : प्रवक्ता शर्मा


एबीसी / संवाददाता
फाल्गुन २१, २०७९ आईतबार  ९ : २६ बजे

काठमाडौँ, २१ फागुन । सरकारले मुस्ताङमा विश्वविद्यालय स्थापना गर्नका लागि भारतीय दूतावासमा गरिएको पत्राचारबारे छानबिन गर्ने भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार विज्ञप्ति जारी गर्दै यरबारे आवश्यक छानबिन हुने र तथ्य सार्वजनिक गर्ने स्पष्ट पारेकी हुन् ।

“मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो सो को अध्ययन र आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौँ,” प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा छ ।
उक्त क्षेत्रमा चीनलाई लक्षित गरी भारतले विश्वविद्यालय खोल्न लागेको समाचार प्रकाशित भएको थियो । शनिबार एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतलाई विश्वविद्यालय खोल्न दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चीनविरूद्ध गद्दारी गरेको बताएका थिए ।

मन्त्री शर्माले उक्त ठाउँमा विश्वविद्यालय खोल्न सहयोग गर्न भन्दै भारतीय दूतावासमा पत्र लेखिएको भनी समाचार आएकाले यस विषयमा अनुसन्धान भइरहेको उल्लेख गरेकी छन् ।

“सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलावद्ध रूपमा सार्वजनिक हुनु दुःखद् छ,” मन्त्री शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

सम्बन्धित

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

के थियो ओली र लेखकविरुद्धको आरोप?

बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको महेश बस्नेतको भनाइ, एमालेले आजैदेखि

ओली पक्राउ: सचिवालय बैठक आजै, महेश बस्नेतद्वारा देशव्यापी विरोधको घोषणा

ओली–लेखक पक्राउपछि देशभर राजनीतिक तरंग, एमाले सडकमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com