ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमतीलाई उपप्रधानमन्त्री बनाउन रेशम चौधरीको माग


एबीसी / संवाददाता
फाल्गुन १९, २०७९ शुक्रबार  ७ : १२ बजे

काठमाडौँ, १९ फागुन । ८ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले उपप्रधानसहित एक राज्यमन्त्री माग गरेको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवम् सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेका छन् । त्यस्तै, संघमा एक राज्यमन्त्रीसमेत माग गरेको नागरिक उन्मुक्तिका एक नेताले बताए ।

संरक्षक चौधरीले प्रदेशहरूमा समेत पावर सेयरिङ गर्नुपर्ने सर्त राखेका छन् । उनले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिले समेत नेतृत्व गर्नुपर्ने सर्त राखेका हुन् । वर्तमान नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्री बनाउनुपर्ने उनको माग छ । त्यस्तै, लुम्बिनी प्रदेशमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री दाबी गरेका छन् ।

चौधरीले टीकापुरलाई छुट्टै जिल्ला बनाउनुपर्ने मागसमेत गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशलाई खप्तड–थारूहट प्रदेश बनाउनुपर्ने र राजधानी धनगढी बनाउनुपर्ने माग गरेका छन् । सुदूरपश्चिम प्रदेशमा ८ दलको दुई तिहाइ बहुमत रहेको भन्दै नाम परिवर्तन गर्न माग गरेको ती नेताको भनाइ छ ।

संरक्षक चौधरीले टीकापुर राजबन्दीलाई यथाशिघ्र रिहा गर्नुपर्ने अडान राखेको ती नेताले बताए ।

८ दलको साझा उम्मेदवार पौडललाई भोट माग्न डिल्लीबजार पुगेका टोलीसँग सो माग गरेका हुन् । टोलीमा राष्ट्रपतिका उम्मेदवार पौडेल, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालालगायत टोली डिल्लीबजार पुगेका थिए ।

त्यस्तै, एमालेकी सांसद भगवती चौधरीले पनि जेलमा पुगेर राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङका लागि भोट मागेकी थिइन् ।

त्यस्तै एमालेकी सांसद भगवती चौधरी पनि जेलमा पुगेरका राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङका लागि भोट मागेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ओली पक्राउ: कानुनी प्रक्रिया र विरोधबीच बढ्दो तनाव, एमालेको सडक प्रदर्शन शुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com