ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमला पुलको पुनःनिर्माण गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन


एबीसी / संवाददाता

सिरहा, १६ फागुन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने जीर्ण कमला पुलको पुनर्निर्माण तत्काल सुरु गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

यहाँस्थित कमला पुलको स्थलगत निरीक्षण गर्ने क्रममा उनले निर्माणको जिम्मा पाएको लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई सो निर्देशन दिएका हुन् । “निर्माण व्यवसायी कम्पनीले ढिलोमा दुई हप्तामा काम सुरु गर्नुपर्छ । बोल्ने एउटा र गर्ने अर्को कुरा अब सह्य हुँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने, “राज्यद्वारा जनतालाई हानि नोक्सानी पुर्‍याउने गरी विकास निर्माणको काम अलपत्र पर्छन् भने त्यो सह्य हुँदैन, छुट दिन सकिँदैन । यसका लागि सरकार निर्मम भएर अगाडि बढ्छ ।”

उपप्रधानमन्त्री श्रेष्ठ प्राविधिक टोलीसहित कमला पुल निरीक्षणका लागि आएका हुन् । यस क्रममा उनले १२ वर्षसम्म निर्माण कार्य सम्पन्न नभएको कमला पुललाई गुणस्तरीय ढंगले र निर्धारित समयमै सम्पन्न गर्ने गरी प्राविधिक टोलीसहित कमला पुलको निरीक्षण गर्न आएको पनि जानकारी दिए ।

उच्च स्तरको सरकारी अनुगमन तथा निरीक्षण भए पनि स्थानीय जनता भने समयमै पुलको काम सकिन्छ भन्नेमा विश्वस्त छैनन् । “मन्त्रीज्यू निरीक्षणमा आउनुभएको राम्रो हो तर औपचारिकताका लागि मात्र नहोस्”, सिरहा नगरपालिका–७ का कपिलदेव यादव भन्छन्, “पुल निर्माण सुरु भएको १२ वर्षसम्म कति मन्त्री आए, गए तर जनताको समस्या जहाँको त्यहीँ । अब त जनताको आश पनि मरिसक्यो ।”

सञ्चालन नहुँदै २० महिनाअघि भासिएको हुलाकी सडकको मेरुदण्ड र मधेस प्रदेशको लाइफलाइनका रुपमा रहेको यो पुल अझै निर्माण सम्पन्न हुन सकेको छैन । २०६८ सालमा शिलान्यास भई निर्माण थालिएको पुल २०७८ साल असार १७ मा कमला नदीमा आएको बाढीले पुलको सिराहातर्फको पहिलो पायर जमिनमा भासिएको थियो । त्यसको चार महिनापछि कात्तिक ३ मा पुलको धनुषातर्फबाट तेस्रो पायर पनि भासियो । त्यसले सिरहा र धनुषालाई छोटो दुरीमा जोड्ने सपना तत्कालका लागि तुहियो । पुल पुनर्निर्माणका लागि हुलाकी सडक संघर्ष समिति बनाएर पटक पटक आन्दोलन र दबाबका कार्यक्रम पनि भइरहेका छन् ।

पुल भासिएको यतिका समयसम्म पनि कुनै निकायबाट वास्ता नहुँदा सिराहा, सप्तरी र धनुषाका नागरिकले सास्ती खेप्नु परिरहेको स्थानीयको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजेटले आर्थिक संकट देखायो, समाधान दिएन : ओली

नयाँ बजेटमार्फत सरकारले कर छुट र सहुलियत दिएका क्षेत्रहरु

सम्बन्धित

महाराजगन्जमा चिया सागरको नयाँ आउटलेट

हिमालको पानीलाई ब्रान्डिङ गर्ने घोषणा

भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३६ अर्बले घट्यो

अमेरिकाको धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनमा नेपालले कूटनीतिक नोट पठायो

भारतलाई अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि

केही मानिसबाट गल्ती भयो भन्दैमा गणतन्त्रलाई बदनाम गर्न मिल्दैन ; सञ्चारमन्त्री शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com