ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषकलाई उन्नत जातको बोका वितरण


एबीसी / संवाददाता
फाल्गुन १५, २०७९ सोमबार  ८ : १० बजे

ढोरपाटन, १५ फागुन । बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ ।

चालुक आर्थिक वर्ष संघीय सरकारको ससर्त अनुदान बजेटबाट यहाँका २० कृषकलाई उन्नत जातका बोक तथा बाख्रा वितरण गरेको ढोरपाटन नगरपालिकाका पशु शाखा प्रमुख तेजमाया खड्काले जानकारी दिइन् । नगरपालिकाले अनुदानमा बोका तथा बाख्रा वितरणका लागि सूचना आह्वान गरेको निवेदन पेस गरेका कृषकलाई छनोट गरी वितरण गरिएको उनको भनाइ छ ।

नगरपालिकाको ७५ प्रतिशत अनुदानमा कृषकलाई बाख्रा वितरण गरिएको उनले बताइन् । तेइस जनाको निवेदन आरेकोमा १५ जनाले बाख्रा तथा बोका पाएका छन् । जमुना पारी जातको छ बाख्रा, तीन बोका, बोयर जातका छ बोका र नौ बाख्रा कृषकलाई वितरण गरेको उनको भनाइ छ ।

प्रमुख खड्का भन्छिन्, “यहाँका कृषकलाई नगरपालिकाले अघिल्लो वर्ष पनि अनुदानमा बाख्रा वितरण गरेको थियो, यसलाई निरन्तर दिइराखेका छौँ, योसँगै कृषकलाई खोप, तालिम तथा परामर्श पनि दिइराखेका छौँ, यहाँ धेर व्यावसायिकरुपमा पशुपालनमा पनि लाग्नुभएको छ, उहाँहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर काम गर्ने प्रयास गरेका छौँ ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले कृषकको जीवनस्तर उकास्नका लागि आधुनिक प्रविधिसँग जोड्न थालेको बताए । उनले ढोरपाटन क्षेत्र पशुपालनका लागि निकै उपयुक्त ठाउँ रहेको जनाउँदै कृषकलाई प्रशिक्षित बनाउने, अनुदानको व्यवस्था गर्ने र उत्पादनसँग जोड्ने गरी योजना बनाएको जानकारी दिए ।

“हामीहरुले तरकारी तथा फलफूल खेती गर्ने कृषकलाई टनेल वितरण गर्‍यो, धेरैले सदुपयोग गर्नुभयो, केहीले दुरुपयोग गर्नुभयो, यहाँ थुप्रै खाली जग्गा छन् । स्थानीयलाई परिचालन गरी यी जग्गालाई उत्पादनसँग जोड्ने”, उनले भने, “कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्न एउटा खाका तयार पारेका छौँ, दुध, मासु र अण्डामा ढोरपाटनलाई आत्मनिर्भर बनाउन जोड दिएका छौँ ।”

उपप्रमुख कायतले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि पश्चिम बागलुङका स्थानीय तह एकजुट हुनुपर्नेमा जोड दिए । आयातित कृषिउपज वस्तुका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com