ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति निर्वाचनमा ८ दलको कति छ मतभार ? यस्तो छ अंकगणित


एबीसी / संवाददाता
फाल्गुन १३, २०७९ शनिबार  ६ : ४७ बजे

काठमाडौँ, १३ फागुन । राष्ट्रपतिको निर्वाचनमा ८ दलले नयाँ गठबन्धन बनाएका छन् । गठबन्धन चुनावको दिनसम्म नभत्केमा यसबाट उठेका उम्मेदवारको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिएको छ । शुक्रबार बनेको गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी छन् ।

यी दलका सांसदहरूको मतभार जोड्दा स्पष्ट बहुमत पुग्ने छ । राष्ट्रपति निर्वाचनमा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू मतदाता हुन्छन् ।

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम नामावलीअनुसार राष्ट्रपति निर्वाचनमा ८८२ जनाले मत दिन पाउनेछन् । जसमा ५५० प्रदेशसभा सदस्य र ३३२ संघीय सांसद रहने छन् । ३३४ संघीय सांसदमध्ये दुईजनाले मतदानमा भाग लिने छैनन् । रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ मा रिक्त रहेको छ भने कांग्रेस सांसद टेकबहादुर गुरूङ निलम्बित अवस्थामा छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ५४ बमोजिम संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ रहेको छ ।

मतदाता रहेका कुल सांसदहरूको मतभार ५२ हजार ६२८ छ । त्यसको ५० प्रतिशत मत कटाउने निर्वाचित हुन्छन् । त्यसैले निर्वाचित हुनका लागि न्यूनतम २६ हजार ३१५ मत आवश्यक पर्छ । शुक्रबार बनेको गठबन्धनको पक्षमा रहेका सांसदहरूको मतभार ३१ हजार ९१७ हुन्छ । त्यसैले यो गठबन्धना चुनावको दिनसम्म नभत्केमा यसैबाट बनेका उम्मेदवार राष्ट्रपति बन्ने निश्चित हुन्छ ।

सत्तारूढ दल माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

आठ दलसँग कति छ मतभार ?

नेपाली कांग्रेस– १६ हजार १४२
नेकपा (माओवादी केन्द्र)– ७ हजार ६४९
नेकपा (एकीकृत समाजवादी)– २ हजार ५७४
जनता समाजवादी पार्टी– २ हजार १४५
जनमत पार्टी– १ हजार २४२
लोकतान्त्रिक समाजवादी पार्टी–९७१
नागरिक उन्मुक्ति पार्टी– ८९२
राष्ट्रिय जनमोर्चा– २०६

अन्य दलसँग कति ?
नेकपा (एमाले)– १५ हजार २८१
राष्ट्रिय प्रजातन्त्र पार्टी– २ हजार ४५०
राष्ट्रिय स्वतन्त्र पार्टी– १ हजार ५०१
नेपाल मजदुर किसान पार्टी– २२३
संघीय समाजवादी– ४८
हाम्रो नेपाली पार्टी–९६
स्वतन्त्र–८१३
मनोनीत– २३७

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com