ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति निर्वाचनमा ८ दलको कति छ मतभार ? यस्तो छ अंकगणित


एबीसी / संवाददाता

काठमाडौँ, १३ फागुन । राष्ट्रपतिको निर्वाचनमा ८ दलले नयाँ गठबन्धन बनाएका छन् । गठबन्धन चुनावको दिनसम्म नभत्केमा यसबाट उठेका उम्मेदवारको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिएको छ । शुक्रबार बनेको गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी छन् ।

यी दलका सांसदहरूको मतभार जोड्दा स्पष्ट बहुमत पुग्ने छ । राष्ट्रपति निर्वाचनमा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू मतदाता हुन्छन् ।

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम नामावलीअनुसार राष्ट्रपति निर्वाचनमा ८८२ जनाले मत दिन पाउनेछन् । जसमा ५५० प्रदेशसभा सदस्य र ३३२ संघीय सांसद रहने छन् । ३३४ संघीय सांसदमध्ये दुईजनाले मतदानमा भाग लिने छैनन् । रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ मा रिक्त रहेको छ भने कांग्रेस सांसद टेकबहादुर गुरूङ निलम्बित अवस्थामा छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ५४ बमोजिम संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ रहेको छ ।

मतदाता रहेका कुल सांसदहरूको मतभार ५२ हजार ६२८ छ । त्यसको ५० प्रतिशत मत कटाउने निर्वाचित हुन्छन् । त्यसैले निर्वाचित हुनका लागि न्यूनतम २६ हजार ३१५ मत आवश्यक पर्छ । शुक्रबार बनेको गठबन्धनको पक्षमा रहेका सांसदहरूको मतभार ३१ हजार ९१७ हुन्छ । त्यसैले यो गठबन्धना चुनावको दिनसम्म नभत्केमा यसैबाट बनेका उम्मेदवार राष्ट्रपति बन्ने निश्चित हुन्छ ।

सत्तारूढ दल माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

आठ दलसँग कति छ मतभार ?

नेपाली कांग्रेस– १६ हजार १४२
नेकपा (माओवादी केन्द्र)– ७ हजार ६४९
नेकपा (एकीकृत समाजवादी)– २ हजार ५७४
जनता समाजवादी पार्टी– २ हजार १४५
जनमत पार्टी– १ हजार २४२
लोकतान्त्रिक समाजवादी पार्टी–९७१
नागरिक उन्मुक्ति पार्टी– ८९२
राष्ट्रिय जनमोर्चा– २०६

अन्य दलसँग कति ?
नेकपा (एमाले)– १५ हजार २८१
राष्ट्रिय प्रजातन्त्र पार्टी– २ हजार ४५०
राष्ट्रिय स्वतन्त्र पार्टी– १ हजार ५०१
नेपाल मजदुर किसान पार्टी– २२३
संघीय समाजवादी– ४८
हाम्रो नेपाली पार्टी–९६
स्वतन्त्र–८१३
मनोनीत– २३७

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

काठमाडौं, १२ चैत। एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज

खानेपानी ट्यांकीमा भेटियो शव

दमोली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो। घरघरमा

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

काठमाडौँ । सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर

सम्बन्धित

बक्यौता दाखिला नगर्ने करदाताको नाम सार्वजनिक

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

खानेपानी ट्यांकीमा भेटियो शव

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए राजीनामा

नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com