ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलाई माधव फकाउने सकसः १ वर्ष प्रधानमन्त्रीको आश्वासन !


ABC NEWS

काठमाडौं १२ फागुन । पुरानो चार दलीय चुनावी गठबन्धनको बैठकभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माधव नेपाललाई कसरी मनाउने भन्ने संकट परेको छ । गत मंसिर को् चुनाव अघि नै देउवा र प्रचण्डले झलनाथ खनाललाई राष्ट्रपति बनाउने बचन दिएका थिए ।
चुनावपछि गठबन्धन सरकार बनाउने बेला देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने बचन पालना नगरेपछि खनाल राष्ट्रपति हुने च्याप्टर क्लोज भएको मानिएको थियो ।
एमाले–माके–राप्रपा–रास्वपा गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेपछि केही समय राजनीति तरलजस्तो देखिएको थियो ।

प्रधानमन्त्रीमा प्रचण्डले विश्वसाको मत लिने बेला कांग्रेसले विश्वासको मत दिएलगत्तै नेकाका तर्फबाट गल्ती भएको भन्दै पुरानै ५ दलीय चुनावी गठबन्धन व्युंताउने सहमति भएको थियो । अर्कोतिर एमाले नेतृत्व गठबन्धन रकारमा दरार उत्पन्न गर्नेगरी गठबन्धन भित्र नै समस्या उत्पन्न भएपछि झनै पुरानो गठबन्धन व्युंताउने अवसर राष्ट्रपति निर्वाचन बन्न पुगेको हो ।
उतिबेलै नेकाका तर्फबाट राष्ट्रपति हुने निश्चित थियो । केवल ट्विस्ट भएको उपराष्ट्रपति माओवादीको तर्फबाट हुने ठाउंमा जसपाले मात्र पाउने भएको हो ।
यही अवसरलाई उपयोग गरेर माधव नेपालले आफूले देउवालाई प्रधानमन्त्री बनाउन, कांग्रेसलाई ठूलो पार्टी बनाउन सहयोग गरेबापत के पाउने भन्ने अड्को थापेका हुन् । उनी आफै राष्ट्रपति हुन एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनले झनै नेपाल उत्सससाहित भएका हुन् ।उनलाई यही कार्यकालमा एक वर्षका लागि सरकारको नेतृत्व दिएर राष्ट्रपतिमा नेपाली कांग्रेसले अघि सार्ने उम्मेदवारलाई सघाउने वातावरण निर्माण गर्न प्रधानमन्त्री रहेका अध्यक्ष नेपाललाई ‘कन्भिन्स’ मा लागेका हुन्।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार तीन घण्टा चलेको पुरानो गठबन्धन दलहरुको छलफलमा नेपालले नेपाली राजनीतिमा आफ्नो योगदानबारे धारणा राखेपछि प्रचण्डले ‘कन्भिन्स’ गर्ने ढंगमा कुरा गरेको बैठकमा सहभागी स्रोतले जनाएको छ।

‘कांग्रेसले खासै आफ्नो कुरा गरेन। नेपालले आफ्नो योगदानबारे कुरा गर्नुभयो,’ बैठकमा सहभागी कांग्रेसका एक शीर्ष नेताले भने, ‘त्यसपछि प्रधानमन्त्रीले उहाँलाई कन्भिन्स गर्ने ढंगबाट कुरा गर्नुभयो।’

ती नेताले बैठकमा एकीकृत समाजवादीका अधयक्ष नेपाललाई एक वर्ष सरकारको नेतृत्व गर्न दिने ढंगको छलफल भएको पनि बताए।

‘माधवकुमार नेपाललाई एक वर्ष सरकार सञ्चालन गर्न दिने ढंगले कुरा भएको छ बालुवाटारमा,’ उनले भने।

अध्यक्ष नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा अघि सार्ने प्रस्ताव गरेका थिए।

गत शनिबार नयाँबानेश्वरमा भएको चार घण्टा लामो भेटवार्तामा ओलीले उनलाई राष्ट्रपति बनेर जान भनेका थिए।

त्यस्तै ओलीले दुई दिनअघि बालुवाटारमा प्रचण्डसँगको वार्तामा पनि नेपाललाई राष्ट्रपतिका रुपमा अघि सारेका थिए।

यही आइतवार धुम्बाराही पुगेका अध्यक्ष नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्ष प्रधानमन्त्री बनेर अघि बढ्न प्रस्ताव गरेका थिए।

ती नेताले शुक्रबार बेलुकी ६ बजे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उनमुक्ति पार्टीसहित चार दलको छलफल हुने पनि जानकारी दिए। उनले बेलुकी ५ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच फेरि छलफल हुने पनि बताए।

बैठक पछि कांग्रेसका महामन्त्री गगन थापाले बालुवाटार बैठकमा सकारात्मक छलफल भएको र बेलुकी ५ बजे फेरि आफूहरु बैठक बस्ने जानकारी दिएका थिए।

‘राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेसले माओवादी, समाजवादी र जसपासँग पनि छलफल गरिरहेको छ। अन्य दलहरु पनि छलफलमा छन्,’ उनले भने, ‘अहिले बिहान पनि हामी चारवटा दल एक ठाउँमा बसेर छलफल गर्यौँ। विभिन्न विकल्पमा छलफल भएको छ। सकारात्मक दिशामा छलफल भइरहेको छ। अहिले आ–आफ्नो दलभित्र छलफल गर्ने गरी उठेका छौँ, फेरि ५ बजे बस्ने छौँ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

काठमाडौँ । सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)मा मन्त्रीहरूले राजीनामा दिएका छन्। एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

सुर्खेत, १२ चैत्र । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेको बताएका छन् । सुर्खेत विमानस्थलमा आइतबार बिहान पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष

सम्बन्धित

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए राजीनामा

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

मन्त्रालय बाँडफाँडको प्रारम्भिक प्रस्ताव तयार, क–कसले कति पाउने ?

मन्त्रालय बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार : आज गठबन्धनमा छलफलपछि हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com