ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाम गठबन्धनको सरकारमा मधेशी दल पनि सहभागी हुन्छन् : प्रचण्ड


ABC NEWS
माघ १३, २०७४ शनिबार   ३ : ४४   बजे

चितवन, १३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशवादी दल पनि अब बन्ने वाम गठबन्धनको सरकारमा सहभागी हुने बताउनु भएको छ । मधेसवादी दलहरुले उठाएको संविधान संशोधनको विषयमा पनि समझदारी बन्ने सम्भावना रहेको उहाँले आँैल्याउनुभयो ।
सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको प्रचण्डको विश्वास छ।

प्रेस सेन्टर चितवनले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना छ भन्नुभयो ।

उहाँले भन्नुभयो–“मेरो कोशिस भन्नुहुन्छ भने त सरकार गठन भन्दा अघिनै पार्टी एकता हुनु जनभावनाअनुसार पनि हुन्छ । हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ ।” आज भोलिनै एउटा निष्कर्षमा पुग्ने तयारीमा रहेको पनि उहाँले बताउनुभयो । उहाँले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने बताउनुभयो ।

देशको राजनीतिक स्थायित्व हुन र विकासलाई गति दिनका लागि पनि कम्युनिष्टको एउटा बलियो केन्द्र आवश्यक रहेको अध्यक्ष प्रचण्डले विचार व्यक्त गर्नुभयो ।
अहिलेको काम चलाउ सरकारले गम्भीर प्रकृतिका निर्णय गर्ने गल्ती गरेको उहाँले बताउनुभयो ।
उहाँले अहिलेको निर्णयबाट नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न चिन्ह खडा भएको धारणा राख्नुभयो ।

दाहालले भन्नुभयो–“यसले नेपाली काँग्रेसलाई दीर्घकालीन असर गर्छ भन्ने कुरा साँचो हो ।” सरकारको यो निर्णयप्रति एमाले र माओवादीको मत एउटै रहेको उहाँले बताउनुभयो ।

माडीको बाँदरमुढे घटनामा मृत्यु भएकालाई शहीद घोषणा गरिएको विषयमा टिप्पणी गर्दै उहाँले जस्को नेतृत्वमा सरकार भयो त्यसले आफूखुसी शहीद घोषणा गर्ने प्रक्रिया राम्रो नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो– “त्यसको एउटा मापदण्ड बनाएर त्यो भित्र रहेर मात्रै शहीद घोषणा गर्नु राम्रो हुन्छ ।” यद्यपि उहाँले शहीद घोषणा गरेकोमा आफ्नो कुनै आपत्ति भने नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group