ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिमा सघाउन प्रचण्डसँग कांग्रेसको प्रस्ताव, माओवादी छलफलमै


एबीसी न्यूज
फाल्गुन ८, २०७९ सोमबार   ८ : १०   बजे

काठमाडौं, ८ फागुन । राष्ट्रपति चुनावको लागि मनोनयन गर्ने दिन नजिकिँदै गर्दा दलहरुबीच भेटवार्ता बाक्लिएको छ । मुख्य सत्तारुढ दल नेकपा एमालेले पुस १० को सहमति अनुसार आफ्नै दलबाट राष्ट्रपति उम्मेदवार बन्ने दाबी गरिरहेको छ भने प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग भएको समझदारी अनुसार कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्दै आएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिँदै आएको सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

बैठकमा राष्ट्रपतिमा कांग्रेस या एमाले कसलाई सघाउने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । हिजो मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रपतिको चुनावमा सघाउन आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका छन् । गएको पुस १० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड अहिले राष्ट्रपतिको चुनावसँगै कांग्रेससँग सहकार्य अघि बढाउने योजनामा छन् ।

यो विषयमा कांग्रेस र माओवादीका नेताहरुबीच पटकपटक छलफल भइसकेको छ । राष्ट्रपतिमा माओवादीले सहयोग गरे प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने कांग्रेसले आश्वासन दिँदै आएको छ । एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेला भएको सहमति अनुसार राष्ट्रपति आफ्नै दलले उठाएको उम्मेदवार हुनुपर्ने अडान लिइरहेका बेला कांग्रेसले एमालेसहितको ७ दलीय गठबन्धन भत्काएर पुरानै ब्युँताउने प्रयास गरिरहेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदैछ । नयाँ राष्ट्रपति चयनको लागि २५ गते चुनाव हुँदैछ भने आउँदो शनिवार १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group