ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिकरूपमा देशलाई समृद्ध बनाउन सरकार र निजी क्षेत्र मिल्नुपर्छ : सभामुख घिमिरे


एबीसी / संवाददाता
फाल्गुन ६, २०७९ शनिबार   ९ : २८   बजे

झापा, ६ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिकरूपमा देशलाई समृद्ध बनाउनका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको १० दिने अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको समुद्घाटन गर्दै उनले देशको अर्थतन्त्र संकटमा पर्दै गएकाले मिलेर समाधान गर्नुपर्ने बताए । उनले संसद्मा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्नेसमेत बताए ।

उनले महोत्सवको आयोजना गरेर आर्थिक अवस्थालाई चलायमान बनाउन भूमिका निर्वाह गरेको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघको प्रशंसा गरे । उनले झापाका पर्यटकीय क्षेत्रको विकासका लागि पनि वाणिज्य संघले भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आफ्नो तर्फबाट सदैव सहयोग हुने बताए ।

यही फागुन १५ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानको समेत दुई सयभन्दा बढी व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा ४५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव प्रदेश नम्बर १ कै गौरवको विषय भएको बताइन् । उनले सबै पक्षको सहकार्यमा महोत्सव सफल हुने विश्वास व्यक्त गरिन् । उपसभामुख रानाले समृद्ध मुलुक निर्माणका लागि कृषि उत्पादनमा लाग्नुपर्ने, महिला उद्यमीले आत्मनिर्भर हुँदै सीप हस्तान्तरण गर्दै जानुपर्ने बताइन् ।

कार्यक्रममा प्रदेश नम्बर १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला र सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले आर्थिक मन्दीका बीच पनि महोत्सवको आयोजना गरेर स्वदेशी उत्पादनहरूको बजारीकरण गर्न खोज्नु सराहनीय भएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group