काठमाडौं, ५ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।
राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन । यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन। राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो । तर, दुई नेताहरु सहमतिमा पुग्नसकेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्