ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन लाख भेडाबाख्रालाई पिपिआर खोप


एबीसी न्यूज

काठमाडौं,५ फगुन । नुवाकोट र रसुवामा जारी रहेको पिपिआर खोप अभियानमा करीब तीन लाख भेडाबाख्रालाई खोप लगाइने भएको छ ।

नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र नुवाकोटले यही फागुन ७ गतेसम्म सञ्चालन गर्ने खोप कार्यक्रममा आफूले पालन गरेका भेडाबाख्रालाई पिपिआर ९हैजा० रोगविरुद्धको खोप कार्यक्रममा सहभागी गराउन केन्द्र प्रमुख भरत पाण्डेले किसानलाई आग्रह गर्नुभयो ।

उहाँका अनुसार नुवाकोटका दुई लाख ३५ हजार र रसुवाका ३१ हजार भेडाबाख्रालाई खोप लगाउन दुई जिल्लामा रहेका १७ स्थानीय तहका पशुसेवा शाखा प्रमुखको समन्वयमा ६० जना भ्याक्सिनेटर ९खोपकर्ता० परिचालन गरिएको छ ।

“अभियानका क्रममा भेडाबाख्राको खोरमा नै पुगेर खोप लगाउन भ्याक्सिनेटर खटाइएको छ”, केन्द्र प्रमुख पाण्डेले भन्नुभयो, “थोरै सङ्ख्यामा पालन गर्ने किसानका लागि तोकिएको केन्द्रसम्म ल्याउन अनुरोध गरिएको छ, कम्तिमा २० सम्म भेडाबाख्रा पालन गर्ने किसानको खोरमा नै पुगेर खोप लगाउने व्यवस्था मिलाएका छौं ।”

भेडाबाख्रामा देखिने श्वासप्रश्वासको समस्या समाधानका लागि पिपिआर रोग विरुद्धको खोप दिन थालिएकाले सबै किसानलाई सहभागी हुन र गराउन खोप कार्यक्रम अभियानका रुपमा एकैसाथ सबै स्थानमा सञ्चालनमा ल्याइएको विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा बब्लु ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार भेडाबाख्रामा महामारीका रुपमा फैलने र प्राणघातक मानिएको पिपिआर रोगको उपचारसमेत सम्भव नहँुदा रोगबाट बचाउन खोप लगाउनु नै एकमात्रै उपाय मानिने गरिएको छ ।

“जन्मेको तीन महिना पूरा भएका ९गर्भवती तथा सुत्केरी भेडाबाख्रालाई समेत० खोप लगाइने भए पनि स्वास्थ्यमा समस्या भएकालाई खोप लगाउन हुँदैन”, पशु चिकित्सक डा ठाकुरले भन्नुभयो, “नेपालमा नै बनेको र वर्षौंदेखि सफल कार्यान्वयनमा आइसकेकाले पिपिआर खोप शत्प्रतिशत सुरक्षित छ, आफूले पालन गरेका भेडाबाख्रालाई ढुक्क भएर खोप कार्यक्रममा सहभागी गराउन किसानलाई आग्रह गर्दछाँै ।”

पिपिआर रोग सङ्क्रमित भेडाबाख्रामा कडा किसिमको ज्वरो आउने, सिङ्गान बगाउने, आँखामा र्‍याल काढ्ने, चिप्रा ९कचेरा० देखिने, पातलो दिसा गर्ने मुख तथा गिजामा पानीका फोका जस्ता घाउ आउने र पछि उक्त घाउ फुटी पाप्रा बन्ने लगायतका लक्षण देखिने भएकाले रोगबाट सुरक्षित गर्न खोप लगाउनु नै एकमात्रै उपाय भएको उहाँको भनाइ छ ।

यो रोग लागेमा चौबिस घण्टादेखि एक साताभित्र प्राणसमेत जाने भएकाले किसानलाई पशुधनको रक्षा गर्न, पशुपालन पेसामा टिकाइराख्न र व्यावसायिक रुपमा निरन्तरता दिने वातावरण सुनिश्चित गर्न भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रम बागमती प्रदेश सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अभियानका रुपमा प्रदेशका सबै जिल्लामा सञ्चालन भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com