ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डढेलो निभाउन समस्या


एबीसी न्यूज

काठमाडौं,५ फगुन । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय ब्रावल नजिकको जङ्गलमा डढेलो लागेपछि सरकारी भवनको सुरक्षार्थ अग्नि रेखा निर्माण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चेबाट सवा किलोमिटर दक्षिण ब्रावल भिरमा आज अचानक लागेको डढेलो नियन्त्रणभन्दा बाहिर गएपछि निकुञ्जको साथै नेपाली सेनाको व्यारेक सुरक्षाका लागि संयुक्त सुरक्षा दस्ताले अग्निरेखा तयार गरेको हो ।

डढेलो नियन्त्रण एवं अग्नि रेखा निर्माणका लागि निकुञ्ज कार्यालयका वन प्राविधिक, विष्णु दल गण , सशस्त्र प्रहरी बल २० नम्बर गुल्म र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन भएको रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो ।

बढी भिरपाखो र निकुञ्ज स्थापना भएपश्चात् विसं २०३२ देखि सुरक्षित रहेको झाडी क्षेत्र भएकाले आगो निभाउन समस्या परेको जनाइएको छ । सुरक्षा अङ्गले पिक, सावेल, गल, घन, हम्बरको प्रयोग गरी सात सय मिटर भन्दाबढी अग्नि रेखा निर्माण गरिसकेको बताइएको छ ।

अग्नि रेखा निर्माण गरिएसँगै सरकारी संरचना सुरक्षित भएको सुरक्षाकर्मीले जानकारी दिएका छन् । यस्तै बुधबारदेखि गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत खन्तीको जङ्गल इलाका क्षेत्रमा लागेको डढेलोसमेत नियन्त्रणमा आउन सकेको छैन ।

डढेलोका क्षतिको विवरण अहिलेसम्म आँकलन नभएको र डढेलो नियन्त्रण गरेर मात्र लगत अध्यावधिक गरिने निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com