ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीलाई पोखरेली व्यवसायीको प्रश्नः कहिले हुन्छ अन्तरराष्ट्रिय उडान ?


एबीसी न्यूज
फाल्गुन ५, २०७९ शुक्रबार   १२ : ४५   बजे

काठमाडौं,५ फगुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले अन्तरराष्ट्रिय उडानका लागि सङ्घीय सरकारले किन पहल गर्न सकेको छैनरु कहिलेदेखि उडान सुरु हुन्छ रु जस्ता प्रश्न गरेका थिए । गत १ जनवरीमा उद्घाटन गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अहिलेसम्म पनि अन्तराष्ट्रिय उडान सुरु हुन सकेको छैन ।

मन्त्री किरातीले पोखराको सुन्दरताको वर्णन गर्दै अन्तराष्ट्रिय उडानका लागि आफूले पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले पोखरा उत्कृष्ट गन्तव्य र पर्यटनको विश्वविद्यालय नै भएकाले यसको विकासमा आफूले निकै चासो दिएको बताउँदै अन्तराष्ट्रिय उडानका विषयमा आफूले प्रक्रिया बुझेर कार्य अघि बढाउने जानकारी दिनुभयो । मन्त्री किरातीले पर्यटन व्यवसायीका जिज्ञासा समाधान गर्न आफू सकारात्मक भएको जनाउँदै जिम्मेवारी र कर्तव्य बुझ्ने नेतृत्वको अभावमा यस्ता समस्या बग्रेल्ती देखिएकाले सुधारको आवश्यकता रहेको बताउनुभयो ।

त्यसैगरी पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डको कार्यविधि नबनेकाले पर्यटन प्रवद्र्धनमा विनियोजित रकम खर्च हुन नसकेको विषयमा पनि प्रश्न उठाएकामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन प्रवद्र्धनका लागि लागि बेर्ड सदस्यहरूबाट पूर्वाधार विकासका एजेन्डा प्रस्तुत हुन नसकेको गुनासो गर्नुभयो ।

पर्यटन व्यवसायी गणेश भट्टराईले अन्तराष्ट्रिय विमानस्थल उद्घाटन गर्न हतारिएको तर आवश्यक गृहकार्य पूरा नभएको बताउनुभयो । उहाँले अन्तराष्ट्रियले उडान हुन नसक्दा धेरै प्रश्नहरु उठ्न थालेको जनाउँदै सङ्घीय सरकारलाई यथाशक्य पहल गर्न आग्रह गनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख काशिराम भण्डारीले आफूलाई कार्यविधि नबनी रकम निकासा गर्ने अधिकार नभएकाले प्रवद्र्धनका लागि विनियोजित रकम खर्चगर्न समस्या भएको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै उत्साहित भए पनि अन्तराष्ट्रिय उडान सुरु हुन नसक्दा निराश भएको बताउनुभयो । योसँगै सरकारको स्पष्ट पर्यटन नीति नहुनु र ठूलो लगानी भएको पर्यटन क्षेत्र वित्तीय संस्थाको चर्को ब्याजदर र दबाबले थप समस्या सिर्जना गरेको बताउनुभयो ।
राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले पर्यटन विकासका लागि अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटक लक्षित गतिविधि र गन्तव्यका लागि नयाँ नयाँ सोच र विकासको खोजी आवश्यक रहेको बताउनुभयो ।
पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, पूर्वअध्यक्ष गोपिबहादुर भट्टराई, टान, हान, नाट्टा, टेसा, एगा, एनटिभिए, वोटेफ, मनी चेञ्जर, पोखरा उद्योग वाणिज्य सङ्घ, भिटोफ, नेपाल हवाई खेलकुद संस्थालगायत संस्थाका अध्यक्ष एवम् प्रतिनिधिले आ–आफ्नो क्षेत्रका विषयगत समस्या प्रस्तुत गर्नुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group