ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमानले विदेशबाट पठाएको २२ लाख लिएर श्रीमतीले अर्कैसँग विवाह गरेपछि…


एबीसी न्यूज

काठमाडौँ । आफ्ना श्रीमान लोप्साङ स्याङ्तान बिदेश गएको दुई महिनामामै सपना सिंतान र सगुन तामाङले विवाह गरेका छन ।  काभ्रेको महाभारत गाउँपालिका वडा नं ८ घर्तिछाप आकुरा कि सपना सिंतान र काभ्रेको खानिखोला गाउँपालिका वडा नं ४ सिरुटार निवासी लोप्साङ स्याङ्तानबिच २०७२ साल मङ्सिरमा विवाह भएको थियो ।

आफ्नो छोरा र श्रीमतिको सुख र खुशीको खोजिमा मरुभुमिमा आफ्नो रगत र पसिना बगाएर कमाएको पैसा लिएर अन्तै घरजम गरी आनन्द लिइरहेका यी जोडी बारा जिल्लाको निजगढ नगरपालिका वडा नं १० स्थित लाल भन्ने ठाउँमा छन । श्रीमान लोप्साङ स्याङ्तानले पठाएको करिब २१ लाख ५२ हजार ९ सय ४४ रुपैँया झ्वाम त पारे नै अहिले  त्यही पैसाले सपनाले सगुन तामाङसँग घरबार बसालेकी छिन ।

विवाह गरेको करिब १ वर्षपछी बैदेशिक रोजगारको सिलसिलामा मलेसिया गए । उनीहरुको सम्बन्ध राम्रो नै थियो । सासु ससुरासँग नबसी भक्तपुरमा डेरा लिएर बसेका उनले बनेपामा डेरा सारे । बनेपामा डेरा सारे देखी नै सपनाले अर्कै राजाकुमारको सपना देख्न थाले । आफ्नो श्रीमान आफ्नो सन्तान र भविष्यको लागि विदेशी भुमीमा पसिना बगाएको कुरा बिर्सेंर उनले नयाँ राजकुमारसंग प्रेमलीला शुरु गरे । बिदेशमा रहेको श्रीमानलाई फकाइ हाम्रै भविष्यको लागि पैसा जम्मा गरेर राखेका छौ भनेर अनेक गफ दिन्थे । श्रीमती प्रती लोप्साङको कुनै शंका थिएन । छुट्टीको बेला कल गर्दा छोरासंग गफिएर बस्ने लोप्साङले आफ्नी श्रीमती पहिला जस्तो बोल्न नखोज्ने, फोन घण्टौसम्म बिजी भैरहनेले उनमा छट्पट्टी हुन्थ्यो । तर आफ्नो दाईसँग कुरा गरेको भनी सपनाले ढाँटेर बोलिरहन्थिन । को, कहाँको दाई हो भनेर भन्दा निकै झर्केर बोल्ने गर्दथिन । कहिलेकाही १ हप्तासम्म सपनाको फोन अफ हुन्थ्यो । बिदेश गएको करिब ५ वर्षपछि लोप्साङ २०७९ साल साउनमा घर फर्किने तयारीमा थिए । श्रीमती सपनाले आफू नेपाल आउने भएको थाहा पाएपछी एक महिना अघिदेखि नै कल उठाएनन ।

सगुनको मस्त प्रेमलिलामा व्यस्त भैरहेका बेला उनले वास्ता समेत गरेनन । आफ्नो गल्ती ढाकछोप गर्न अनेक युक्ती निकाले । ४ वर्षे छोराको बिचल्ली पारे ।  कहिले पोखरा कहिले चितवन मस्त घुमेर रमाए । लोप्साङले आफ्नी श्रीमती किन पहिला भन्दा धेरै परिवर्तन भयो भन्ने प्रश्न उनको मनमा बारम्बार आइरहन्थ्यो । बिदेश जाँदा विमानस्थलसम्म आएकी श्रीमतीले मलाई धोका दिन सक्दैन भन्ने लागिरन्हन्थ्यो । कम्पनिमा बल्ल तल्ल छुट्टी लिएर उनी २०७९ साउनमा नेपाल आए । सपनाको फोन नउठेपनी उनले म्यासेन्जर र मोबाइलमा म नेपाल आइपुग्दैछु भनेर म्यासेज गरे । कुनै रिप्लाई आएन । बिमानस्थलमा उनलाई लिन आउँला भन्ने आशा थियो । सबै निराशमा परिवर्तन हुँदै गयो ।

बिदेशबाट आएको पहिलो दिन लोप्साङ आमाबुवासँगै बसे । दु:ख सुखका कुरा गरे । आफ्नी श्रीमती नहुँदा उनलाई सार्है नरमाइलो लागिरहेको थियो । बनेपा तिर डेरा लिएर बसेको भन्ने सम्म थाहा पाएका उनीहरुले बनेपामा आफ्ना आफन्तहरुलाई पनि सोधे । बल्ल तल्ल उनको डेरा पत्ता लाएर डेराको ढोका ढकडक्याए । आफ्नो सासु ससुरा र श्रीमान देख्ने बितिक्कै सपना आतीइन ।  मेरा डेरामा किन आएको भनेर अनेक अनेक भन्न थालिन्  । छोरा बुहारी मिलेर बस्नु भनेर लोप्साङको आमा बुवा भक्तपुर फर्किए । करिब ४५ दिन नेपाल बस्दा लोप्साङले श्रीमतिको मोबाइल छुन पनि पाएनन । बिदेशबाट पठाएको पैसाले जग्गा लिनुपर्छ भन्ने सोचले नेपाल आएका लोप्साङलाई श्रीमती सपनाले हिसाब किताब कुनै देखाएनन बरु आफ्नो आफन्त कहाँ बस्न थाले । छोरासँगै लोप्साङ दिनभर बस्थे । लोप्साङलाई निकै दुखी थिए । आफ्नो आँखा अगाडी नै परपुरुषसँग मेरो दाई हो भनेर मस्त गफ गरिरह्दा उनलाई निकै चित्त दुख्थ्यो । लोप्साङले सहनसम्म सहे । छोराको बिचल्ली पारेर राखेको, डेरामा नै संगै परपुरुष राखेको कुरा वरीपरिका डेरा बस्नेहरुले लोप्साङलाई सुनाएका थिए । मलाई नराम्रो बनाउन यस्तो गरेको हो भन्दै अनेक बहानाबाजी गरे । सपनाले रुवाउनु रुवाए । दु:ख दिनसम्म दिए ।

आफ्नो छोरा र श्रीमतिलाई आफ्नो आमा बुवासँग राख्छु भनेर लोप्साङले डेराको सामान गाडीमा लोड गरे । भक्तपुरमा अब आमा बुवासँगै बस्नुपर्छ भन्दा मानेनन । निकै लामो विवाद भयो । छोराको मायाले आउलिन भन्ने भयो । सपना आइनन । लोप्साङ मर्नु न बाँच्नुको दोसांधमा परे । रुदै रुदै उनी फेरी मलेसिया गए । उनलाई निकै नरमाइलो लाग्यो । मरितुल्य बनाएका उनले केही सोच्न पनि सकेनन । लोप्साङले आफ्नो दाई भनेर सपनाले भन्ने केटालाई खोज्नसम्म खोजे भेटेनन । सपनाले आफु बिदेश आएको केही दिनमा नै विवाह गरेको भन्ने खबर सुने । उनले आत्माहत्याको प्रयास समेत गरे । हाम्रो गाउंमा तपाईंको गाउं८को मान्छे विहे गरेर आइुगेको छ भनेर लोप्साङलाई आफन्तले फोटो पठाएका थिए । अविवाहित हुँ भन्दै विवाह गरेका सपनाले श्रीमानले दिएको १ तोला गहनासँगै २२ लाख बराबर पैसा पनि बोकेर गएकी छन । लोप्साङले आफुले मेहनत गरेर कमाएको पैसा फिर्ता हुनुपर्ने माग गरेका छन । लोप्साङका बुवाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा संपर्कबिहिन भएकी बुहारी झिकाइ छालफल गरी पाउ भनी निवेदन हालेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com