काठमाडौँ, ५ फागुन । प्रयोजनविपरीत सेयर राइडिङ सञ्चालन गर्ने १७ दुई पांग्रे सवारी साधन चालक कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा नियमविपरीत राइडिङ गरेको पाइएपछि कारबाही गरिएको जानकारी दिएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियमविपरीत सेयर राइडिङ गरेको पाइएकाले कारबाही गरिएको जानकारी दिए ।
“कारबाहीमा परेकामध्ये अधिकांश इन ड्राइभरका छन्,” उनले भने, “इनड्राइभर नेपालमा दर्ता बिना नै चलेकाले कारबाही गरिएको हो ।” निजी प्रयोजनका लागि दर्ता भइ व्यावसायिक रूपमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उनको भनाइ छ । उनले गुनासो आएका आधारमा कारबाही गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्