ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूउपयोग वर्गीकरणमा पौवादुङमा पहिलो पालिका


एबीसी न्यूज
फाल्गुन ४, २०७९ बिहीबार  २ : १० बजे

काठमाडौं, ४ फागुन । यहाँको पौवादुङमा गाउँपालिका जिल्लामा स्थानीय भूउपयोग वर्गीकरण गर्ने पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकाले भूउपयोग नियमावली २०७९ अनुसार यहाँको जमिनलाई दश भागमा विभाजन गर्दै भूउपयोग वर्गीकरण गर्ने पहिलो पालिका बनेको हो ।

नेपाल सरकारको नीति अनुसार जमिनको समुचित तथा प्रभावकारी प्रयोग र व्यवस्थापनका लागि भूमिको वर्गीकरण गरिएको गाउँपालिकाले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७८ जेठ २३ मा राजपत्रमा जारी गरेको सूचना अनुसार गाउँपालिकाले आफ्नो पालिकाभित्रका जग्गाको वर्गीकरण गरेको हो ।

यहाँको कृषियोग्य, वन, व्यापारीक, आवसीय, सार्वजनिक, धार्मिक तथा सांस्कृतिक क्षेत्र, औद्योगिक क्षेत्रलगायत दश प्रकारमा जग्गाको वर्गीकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । वर्गीकरणको काम सकिएकाले जग्गाको कित्ताकाट गर्न फुकुवा भएको छ ।

सबै जमिनको वर्गीकरण गरिएकाले जग्गाको खण्डीकरण रोक्न टेवा मिलेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ । “जिल्लामा पहिलो पटक हामीले गाउँपालिकाको स्थानीय भूउपयोग वर्गीकरण तयार गरेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “अब जग्गाको कित्ताकाट गर्न सहज भएको छ । जग्गाको वर्गीकरण नहँुदा स्थानीयवासीलाई अंशबन्डालगायत काम गर्न असहज थियो ।”

नयाँ वर्गीकरण अनुसार यहाँको कूल एघार हजार ८५२ हेक्टर क्षेत्रमध्ये कृषिमासात सय ९९ हेक्टर, वन क्षेत्रमा चार हजार ६१ हेक्टर, सार्वजनिक क्षेत्र तीन सय नौ हेक्टर, आवासमा दुई सय २५ हेक्टर र व्यापारिकमा १० हेक्टर परेको छ । खानी तथा खानीजन्य सांस्कृतिक क्षेत्रमा चार हेक्टर र नदीजन्यमा एक सय ३९ हेक्टर जग्गा रहेको तथ्याङ्कले देखाएको छ ।

जग्गाको सम्पूर्ण क्षेत्रको विवरण तयार भएकाले गाउँपालिकाको योजना सञ्चालनमा सहजता हुने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । “धेरै समयको मेहनतपछि सरकारको नीतिअनुसार यहाँको जमिनको वर्गीकरण गर्न सफल भएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “जमिनको वर्गीकरण गरेकोले कार्यालयसँगै स्थानीयवासीलाई सेवा लिन सहज भएको छ ।”

छ महिनाको अवधिमा वर्गिकरणको काम सकेर जग्गाको विवरण सम्बधित निकायमा पठाएको गाउँपालिकाले जनाएको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि भूमि वर्गीकरणको काम भइरहेको भए पनि पौवादुङमा गाउँपालिकाले छोटो अवधीमा काम सम्पन्न गरेको नापी कार्यालय भोजपुुरका प्रमुख देवकुमार बस्नेतले बताउनुभयो । सम्पूर्ण जग्गाको विवरण तयार भएकाले पौवादुङमा गाउँपालिकाले आवश्यकता अनुसार जग्गाको किताकाट गर्न सक्ने उहाँको भनाइ छ ।

गाउँपालिकाले एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे समक्ष जग्गाको वर्गीकरण सम्बन्धी विवरण सार्वजनिक गरेको हो । सोही अवसरमा प्रजिअ घिमिरेले भूमिसम्बन्धी स्पष्ट खाका तयार गरेकाले खेतीयोग्य जमिनको संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।

गाउँपालिकाले गरेको यो काम प्रशंसायोग्य रहेको स्थानीवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com