ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानीको स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान


एबीसी न्यूज
फाल्गुन ४, २०७९ बिहीबार  २ : ०४ बजे

काठमाडौं, ४ फागुन । पानीको स्रोत सुक्न नदिन बागलुङमा ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रममार्फत ११ वटा पोखरी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालयले सामुदायिक वनसँग मिलेर पोखरी निर्माण गरेको हो ।

पानीको स्रोत संरक्षण, जङ्गलभन्दा तल्लो भूभागमा रहेका पानीका मुहानको ‘रिचार्ज’ गर्ने र जङ्गली जीवजन्तुलाई पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत एक सामुदायिक वन एक संरक्षण पोखरी निर्माण अभियान थालेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पोखरी निर्माणले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुलाई खानेपानी सुविधाका लागि वनमै स्रोतको सुनिश्चितता हुने अधिकारीले बताउनुभयो । आर्थिक वर्ष २०७७र७८ मा पाँच र २०७८र७९ मा छ गरी कूल ११ वटा पानीपोखरी निर्माण सम्पन्न भएका छन् । चालू वर्षमा पनि छ पोखरीका योजना स्वीकृत भएका छन् । “कच्ची पोखरी निर्माणले पानीको सञ्चिती बढाउँछ, अग्ला पहाडमा बनेका पोखरीले तल्लो भूभागमा रहेका पानीका मुहानलाई सघाउँछन्”, अधिकारीले भन्नुभयो, “बढ्दो जनसङ्ख्याको मागअनुसार खानेपानी पुर्‍याउन दीर्घकालीनरुपमा पोखरीले महत्व राख्छन् ।”

कार्यालयले चालू आवमा जैमिनी, बागलुङ नगरपालिका, बरेङ, काठेखोला, निसीखोला, तमानखोला गाउँपालिका र गलकोट नगरपालिकामा एकरएक पोखरी निर्माणको योजना छ । सामुदायिक वनबाट प्रस्ताव प्राप्त भए पनि निर्माण नभएको कार्यालयले जनाएको छ ।

अभियानको पहिलो वर्ष रु पाँच लाख ६५ हजार लगानीमा बडिगाड–४ को ठूलो वन सामुदायिक वन, बागलुङ नगरपालिका–१० को हिराताल पर्यटकीय सामुदायिक वन, तमानखोला–२ को रानीवन सामुदायिक वन, बरेङ–२ को चियापानी, बागलुङ नगरपालिका १३ र १४ को भुल्केमूल धैरेनी तथा ढोरपाटन नगरपालिका–४ को सिनका सामुदायिक वनमा पोखरा निर्माण गरिएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिनुभयो ।

गत वर्ष पोखरी निर्माणका लागि प्राप्त १० लाखमध्ये आठ लाख ३० हजार लागतमा बरेङ–२ को पधेराडाँडा महिला, बागलुङ नगरपालिका–३ को रातमाटा, गलकोट नगरपालिका–७ को लाम्दारा, काठेखोला गाउँपालिका–५ को शिवधुरी र बागलुङ नगरपालिका–७ को तितौरे सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

कार्यालयले पोखरी निर्माणका लागि छनोटमा परेका प्रत्येक सामुदायिक वनलाई कार्यालयल एक लाख उपलब्ध गराउँदै आएको छ । कार्यालयले उपलब्ध गराउने रकमबाहेक थप १० प्रतिशत रकम उपभोक्ताको साझेदारीमा लगानी हुन्छ ।

सकेसम्म पानीको मुहान नजिकै पोखरी निर्माण गरिन्छ । मुहान नजिक पोखरी निर्माण गर्ने अवस्था नभए पाइपमार्फत पानी लगेर पोखरीमा जम्मा गर्ने गरेको बडिगाड गाउँपालिका सव डिभिजन वन कार्यालय बडिगाडका प्रमुख दीपक श्रीसले जानकारी दिनुभयो । मुहान नजिक नभएको र पाइप खरिद गर्न बजेट अभाव भएको ठाउँमा आकासे पानी संरक्षण गरी पोखरीमा जम्मा गरिएको उहाँको भनाइ छ ।

वन क्षेत्रमा पानीको सतह सुक्दै जान थालेपछि वन्यजन्त सामुदायिक वन छाडेर पलायन हुने अवस्था आएपछि कार्यालयले पानी पोखरीको व्यवस्थापन गर्न थालेको हो । पानीको अभावमा सामुदायिक वनबाट लोप हुँदै गएका जीवजन्तु र चराचुरुङ्गी जोगाउन पोखरी निर्माणको अभियान सहयोग बन्ने अपेक्षा गरिएको छ ।

मानिसले आफ्नो प्रयोगका लागि मुहानमा सिमेन्ट प्रयोग गरी पक्की घेराबन्दी गर्ने तथा पाइपमार्फत सिधै ट्याङ्कीमा पानी पुर्‍याउँदा पानीको खोजीमा वन्यजन्तु बस्ती पस्दा मानिस र वन्यजन्तुबीच द्वन्द्व बढेको कार्यालय प्रमुख घिमिरेको भनाइ छ । वनमा पोखरी निर्माण भएपछि पानीको खोजीमा वन्यजन्तु बस्ती नपस्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com