ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शुक्लाफाँटामा सार्वजनिक शौचालय निर्माण हुने


एबीसी न्यूज
फाल्गुन ४, २०७९ बिहीबार   १ : ५०   बजे

काठमाडौं, ४ फागुन । शुक्लाफाँटा नगरपालिकाले दुई ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने वनसमिति बजार र झलारी बजारको खुला मञ्चमा शौचालय निर्माण हुन लागेको हो । खुला मञ्चमा निर्माण हुने शौचालयका लागि रु १६ लाख र वनसमिति बजारमा निर्माण हुने शौचालयका लागि रु सात लाख बजेट विनियोजन गरेको छ ।
यसका लागि जग्गा पहिचान गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख रणबहादुर महराले बताउनुभयो ।“धेरै व्यक्तिको जमघट हुने सार्वजनिक क्षेत्रमा शौचालय निर्माण गर्न लागेका छौंँ” उहाँले भन्नुभयो, “यसबाट बजार क्षेत्रका बासिन्दासँगै सर्वसाधारण लाभान्वित हुनेछन् ।” शौचालय नहुँदा बजार क्षेत्रमा आउने सर्वसाधारणले वनसमिति बजार नजिकैको वन क्षेत्रमा शौच गर्दै आएका छन् ।

यसबाट बजार क्षेत्र दुर्गन्धित हँुदै आएको छ । यसैगरी, खुला मञ्चमा सार्वजनिक कार्यक्रम हँुदा दिसापिसाबका लागि सर्वसाधारणले नदी छेउ पुग्नुपर्ने अवस्था छ शौचालयमा सरसफाइ कर्मचारीको व्यवस्था गरिने भएको छ । पुराना सञ्चलनमा रहेका शौचालयलाई व्यवस्थित गर्ने कार्यसँगै मर्मतको कार्य पनि अगाडि बढाइने नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाका मुख्य बजार क्षेत्र वनसमिति, झलारी र कलुवापुरमा फोहर सङ्कलन बक्स राखिने भएका छन् । यसका लागि नगरपालिकाले रु पाँच लाख बजेटको व्यवस्था गरेको छ । झलारीस्थित खुला मञ्चमा प्यारफिट निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरिएको नगर प्रमुख महराले जानकारी दिनुभयो ।“छिट्टै प्याराफिट निर्माणसँगै फोहर सङ्कलन बक्स राख्नका लागि कार्य अगाडि बढाउँदै छौँं” उहाँले भन्नुभयो, “बसपार्क निर्माणका लागि रु पाँच लाख, कवर्ड हल निर्माणका लागि रु ५० लाख, कोल्डस्टोर निर्माणका लागि रु २५ लाख, वृद्धाश्रम निर्माणका लागि रु १० लाख बजेट विनियोजन गरी जग्गा खोजी भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

खोटाङको गाउँदेखि विश्वकै अग्रणी फिनटेक कम्पनीसम्म : छात्रवृत्तिले बदलेको दीपेश कार्कीको जीवन

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group