ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगर अस्पताल स्वास्थ्य सहायकको भरमा


एबीसी न्यूज
फाल्गुन ३, २०७९ बुधबार   २ : ३७   बजे

काठमाडौं,३ फागुन । पर्वतको कुस्मा नगरपालिका–१२, ठूली पोखरीस्थित नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । एक एमबीबीएस चिकित्सकसहित दस जनाको दरबन्दी रहेको उक्त अस्पताल विगत चार वर्षदेखि स्वास्थ्य सहायकले निमित्त भइ चलाउँदै आएका छन् ।

दरबन्दीमा रहेका चिकित्सक अध्ययन बिदामा गएपछि हालसम्म अन्य चिकित्सक आएका छैनन् । डा विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा गएपछि केन्द्रमा दरबन्दीको कुनै पनि चिकित्सक पठाइएन । सुविधासम्पन्न भौतिक पूर्वाधार र एम्बुलेन्ससहित आधुनिक उपकरण भए पनि दरबन्दीका चिकित्सक नै नआएपछि सेवाग्राही मारमा परेका छन् । अस्पतालका निमित्त प्रमुख सागर नेपालीले भन्नुभयो, “दरबन्दीका चिकित्सक नै जिल्लामा नभएर होला, भएको भए त आउनुपर्ने हो ।” नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिन ग्रामीण क्षेत्रमा खोलिएको आधारभूत अस्पताल दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारण सामान्य बिरामी हुँदासमेत पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता छ ।

देश सङ्घीय संरचनामा गएपछि दरबन्दीका चिकित्सक आउन छाडेका र स्थानीय तह तथा प्रदेश सरकारले व्यवस्थापन नगरेका कारण समस्या भएको उहाँको भनाइ थियो । केही समय एमबीबीएस सकेपछि अनिवार्य सेवा गर्नुपर्ने भएकाले एक/दुई चिकित्सक आए पनि उनीहरूको समेत सेवा सकिएकाले निमित्तको भरमा उक्त केन्द्र सञ्तनलन हुँदै आएको हो । अहिले स्वास्थ्य केन्द्रमा करार सेवाका एक स्वास्थ्य सहायक, एक ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स, तीन अनमी र स्थायी तीन अहेब छन् ।
उक्त नगरपालिकाका साथै मोदी गाउँपालिका, फलेवास नगरपालिका र स्याङ्जाको आँधीखोला गाउँपालिकाका बिरामीसमेत आउने अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा समस्या भएको वडाध्यक्ष झलकप्रसाद रिमालले बताउनुभयो । अस्पतालमा चिकित्सक मात्रै नभएर अन्य उपकरणसमेत पर्याप्त छैनन् । एक्सरे मेसिन बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको अस्पतालका सिनियर अहेब पठी धामीले बताउनुभयो ।

“सामान्य उपचारका लागि आवश्यक पर्ने एक्सरे विग्रिएको दुई वर्ष भयो। सम्बन्धित निकायमा पटक–पटक भन्दासमेत सुनुवाइ हुँदैन”, उहाँले भन्नुभयो, “अस्पतालमा अहिले गर्भवतीका लागि मात्रै प्रयोग हुने भिडियो एक्सरे चालु अवस्थामा रहेपनि तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा गर्भवतीले समेत नियमित सेवा पाउन सकेका छैनन्। एक स्टाफ नर्सले तालिम लिएर आए पनि अध्ययन बिदामा जाँदा उक्त मेसिन चलाउने जनशक्ति केन्द्रमा छैनन् । ”
उक्त नगरपालिकाले समेत अस्पतालको उपचार सेवालाई प्रभावकारी बनाउन तथा चिकित्सक माग गर्ने विषयमा कुनै चासो दिएको छैन ।

जनप्रतिनिधिले प्रदेश तथा सङ्घीय सरकारअन्तर्गतको सम्बन्धित मन्त्रालयसँग छलफल भएको जिकिर गरे पनि अहिलेसम्म कुनै पहल नभएको सरोकारवालाको गुनासो थियो । नगरप्रमुख रामचन्द्र जोशीले नगर अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक ल्याउन आवश्यक पहल गरिरहेको र केही समयमै नियुक्त गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

खोटाङको गाउँदेखि विश्वकै अग्रणी फिनटेक कम्पनीसम्म : छात्रवृत्तिले बदलेको दीपेश कार्कीको जीवन

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group