ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली कागजात पेस गरेर भुक्तानी सेवाप्रदायक संस्थाबाट रकमान्तर


एबीसी न्यूज

काठमाडौं, २ फागुन । काठमाडौँ, २ फागुन ९रासस०स् भुक्तानी सेवा प्रदायक संस्था खल्ती डिजिटल वालेटमा एक अजित थारू नामका व्यक्तिको खाता भेटियो । त्यो खाता खोल्दा जुन नम्बर प्रयोग गरिएको थियो त्यही नम्बर प्रयोग गरेर सुनिताकुमारी शाहका नाममा इसेवामा पनि खाता खुुलेको भेटियो ।

खल्ती डिजिटल वालेटमा सनम श्रेष्ठका नाममा पेस भएको नागरिकता, त्यहाँ प्रयोग भएको फोटो र वास्तविक सनम श्रेष्ठ फरकफरक पाइएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो त प्रतिनिधि घटना भयो । कागजात एउटाको, फोटो अर्काको र नम्बर झन् अर्कैको प्रयोग गरेर डिजिटल भुक्तानी हुने क्रम बढिरहेकाले वास्तविक व्यक्तिमा रकम नगई अन्यत्रै रकमान्तर हुने क्रम बढिरहेको भन्दै प्रहरीले यसतर्फ सचेत हुन नागरिक तथा भुक्तानी प्रदायक संस्थाहरुलाई अनुरोध गरेको छ ।

प्रविधिको बढ्दो प्रयोगसँगै त्यसले विकृति पनि भित्र्याइरहेको यो दरिलो दृष्टान्त हो । प्रविधिको सही सदुपयोगले ठूलाठूला समस्या तथा कामहरु घरमै बसेर समाधान भएका कैयौँ उदाहरणहरु छन्, तर प्रविधिको दुरुपयोग हुँदा मानिसहरुको जीवन नै बर्बाद पनि बनाइरहेको छ । अझै प्रविधिकै उच्चतम उपयोग गर्दै भुक्तानी सेवा प्रदायक संस्थाहरुको विकासले धेरै सहज पारिदिएको पनि छ । छिनका छिन विदेशमा कमाएर पठाएको पैसा आफ्नो परिवारको हातमा आउने अवस्था बनेको छ । यसरी प्राप्त भएको सुविधालाई दुरुपयोग गरेर रकम ठग्ने गिरोह सक्रिय रहेकाले मानिहरु ठूलो धनराशि ठगिन विवश छन् भने गिरोहको लोभमा फसेर सयौँ मानिसहरु पीडित बनिरहेका छन् ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी तथा वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले डिडिटल अपराध बढ्दो रहेकाले यसको रोकथाममा ठूलो चुनौती खडा भएको बताउनुभयो । उहाँले भुक्तानी सेवा प्रदायक संस्थामा नक्कली कागजात पेस गरेर र अरूकै नाम, नम्बरसमेत प्रयोग गरी खाता खोलेर रकमान्तर गर्ने बढ्दो क्रममा रहेको बताउनुभयो । प्रहरी उपरीक्षक कार्कीले यसलाई रोक्न केही दिनअघि राष्ट्र बैंकका प्रतिनिधिहरुको रोहवरमा भुक्तानी सेवाप्रदायक संस्थासँग छलफलसमेत चलाएको जानकारी दिनुभयो । छलफलमा यस्ता समस्याहरु रोकथामका लागि सरकारकै पहल जरुरी रहेको ती संस्थाका प्रतिनिधिहरुले बताएका थिए ।

काठमाडौँ प्रहरीको अभिलेखमा यो आर्थिक वर्षको पुससम्ममा यसरी नक्कली कागजातहरु पेस गरी झन्डै रु एक करोड २२ लाख ६५ हजार पाँच सय ११ रकमान्तर भई मानिस ठगिएका पाइएको छ । प्रहरीमा यसरी आफू ठगीमा परेको भन्दै एक सय १२ जनाले एक सय ३४ जनाविरुद्ध उजुरी दिएका थिए । यसअघि आव २०७८/७९ मा तीन सय ३८ जनाले एक सय ९७ जनाविरुद्ध रु चार करोड ४८ लाख ठगीमा परेको भनी उजुरी दिएका थिए ।

बैंकमार्फत ५९ जनाले रु ६५ लाख ४२ हजार रकमान्तर गरी ५६ जनाको रकम लगेको भनी उजुरी परेको थियो । अन्य डिजिटल वालेटहरु ई–सेवा खल्ती, आइएमई मनी ट्रान्सफर, क्यास–पे वालेट, जिएमई रेमिट, सिटी एक्सप्रेस प्रालिलगायत मार्फत यसरी रकमान्तर भएको थियो ।

आइएमई मनी ट्रान्सफरबाट मात्रै रु ३२ लाख ४१ हजार रकमान्तर भएको थियो । त्यसमा १२ जनाको पैसा १६ जनाले लगेका भनी उजुरी परेको थियो । उण्डाइस जना पीडितले इसेवाबाट रु १३ लाख रकमान्तर भएको भनी उजुरी दिएका थिए भने खल्तीबाट २० जनाले रु सात लाख ७७ हजार रकमान्तर गरेको भनी उजुरी परेको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

यसरी रकमान्तर भएका सबैले अर्कैको नामका नागरिकता वा राहदानीमा नक्कली फोटो टाँस्ने, नम्बरहरु पनि कम्प्युटरबाट इडिट गरेर टाँस्ने र खाता खोली रकमान्तर गर्ने गरेको पाइएको पनि उहाँले बताउनुभयो । “खोज्दै जाँदा जुन नम्बर प्रयोग गरेर पैसा रकमान्तर भएको छ, त्यो नम्बरको मान्छेले उक्त डिजिटल वालेटमा खाता नै नखोलेको पाएको छ, कतिपय घटनामा जसको नाम र नम्बर प्रयोग गरेर रकम भुक्तानी गरिएको छ, त्यो नामको मान्छेले उक्त नम्बर प्रयोग नै नगरेको भेटिएको छ”, प्रहरी उपरीक्षक रिजालले भन्नुभयो, “डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरुमा यसरी नक्कली आइडी खोलेर रकम भुक्तानी हुने क्रम बढेकाले अपराध अनुसन्धान र कारबाहीमा समेत असर परिरहेको छ तर पनि पहिचान गरेर वास्तविक पीडकलाई कारबाही पनि भइरहेको छ ।”
प्रहरीका अनुसार सुरुमा जो पीडित भनेर देखिएका छन् उही पीडक बनेर निस्किएका घटना पनि रहेको पाइएको छ । यसरी फरकफरक नागरिकतामा फरकफरक व्यक्तिका फोटा र नम्बरहरु प्रयोग गरेर पैसा भुक्तानी गर्दा नागरिक ठगिने क्रम बढिरहेकाले सचेत हुन डिजिटल भुक्तानी सेवा प्रदायक संस्थासँग प्रहरीले अनुरोध गरेको छ । केवाइसी फारम भर्दा होस् या भुक्तानी दिँदा वास्तविक नाम र मान्छे हो होइन भनेर यकिन गरेपछि मात्रै भुक्तानी गर्नसमेत प्रहरीले ती संस्थाहरुसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com