ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक– सचिव रेग्मी


abc

काठमाडौं, २ फागुन । सरकारले अर्थतन्त्रको आशलाग्दो खम्बाकारुपमा सहकारीलाई प्राथमिकताका साथ स्वीकार गरी यस क्षेत्रको विकास र विस्तारमा विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । सहकारी व्यवस्थापन समितिद्वारा आज आयोजित सहकारी र सुशासन विषयक कार्यक्रमका वक्ताले सहकारी अर्थतन्त्रको एक महत्वपूर्ण क्षेत्र मात्र नभइ समुदायको एकता र परिचालनसँग सम्बन्धित विषय भएको बताउनुभयो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारीले समुदायमा सबैलाई एउटै स्थानमा ल्याउन सहयोग र सकारात्मक भूमिका खेलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“समुदायका गरिब, साना किसानलाई आर्थिक सामाजिक रुपमा सवल बनाउने कार्यमा सहकारीले काम गरिरहेका छन्, मुलुकका सामाजिक अर्थतन्त्रको सुदृढीकरणमा पनि महत्वपूर्ण योगदान गर्न सक्दछ ।” स्थानीय स्रोतसाधनको भरपुर प्रयोग गर्नसक्ने स्थानीय उत्पादनलाई प्रशोधन गर्दै बजारीकरणमा लैजान सरकारले सहकारीलाई प्रोत्साहन गर्दैआएको छ ।

सरकारले गाउँ तहमा साना–साना उद्यमको सुरुवात गरी आयआर्जनसँगै नवीनतम अभ्यासलाई प्रोत्साहन गर्ने तथा आर्थिक र सामाजिक पुँजीलाई उपयोग गर्दै सहकारीलाई उत्पादनमा संलग्न गरेर बजारसँग जोड्ने काम गरिरहेको छ । ग्रामीण जनजीवन र कृषिमा आधारित अर्थतन्त्रलाई प्रभावकारी बनाउन, स्वरोजगार र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण रहने जनाउँदै सचिव रेग्मीले भन्नुभयो, “सहकारीको मूल काम नै समुदायका हरेक सदस्यको जीवनस्तरमा सुधार गर्ने हो । सहकारीमा भएका असल अभ्यासको बजारीकरण र सहकारी कानुनको परिपालना नगर्ने सहकारी संस्थालाई कानुनको दायरामा ल्याइने कार्यलाई सरकारले कडाइकासाथ अघि बढाएको छ ।”

सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारी अनुशाशित भई अगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो । सो अवसरमा सहकारी सङ्घ संस्थामा सुशासनको प्रवद्र्धन गर्न अभियन्ताले सहकारीको माध्यमद्वारा गरिबी निवारण, रोजगारीको सिर्जना, उत्पादन वृद्धि, समुदायको सशक्तिकरणजस्ता क्रियाकलापमा तिनै तहका सरकारको सक्रिय भूमिका सुनिश्चित गर्न/गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सुशासन कायम, ऐन कडाइकासाथ लागू, पारदर्शीता र जवाफेहिता कायम, ऋणको धितो लिने र भाखा नाध्न नदिने, समन्वय, अनुगमन र नियमन एवं दोहोरो पनि हुन नदिने तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्ने विषयमा एकताबद्ध भई सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा काम गर्नेसमेत प्रतिबद्धता जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ डा कोइराला

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत उपाध्यक्ष पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com