काठमाडौं, २८ माघ । पोखराको लेकसाइडमा रहेको लेकसाइड सेन्टरमा लागेको आगो तीन घण्टा पछि निभाइएको छ ।दिउँसो पौने चार बजे लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले झण्डै तीन घण्टापछि निभाएको हो ।
आगो निभाउन पोखरा महानगरपालिका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका दमकल र ट्याङकरको प्रयोग गरिएको थियो । लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज डिपार्टमेन्टबाट सुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित नासा ट्रेकिङ इकुप्मेन्ट सप, दोर्जेज बार एन्ड ग्रिल लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ । क्षतिको विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्