ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० ठाउँमा घुस खुवाउनुपर्ने व्यवस्था अन्त्य गर्छौँ : पर्यटनमन्त्री किराती


एबीसी / संवाददाता

काठमाडौँ, २८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जस्तो अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन् ।

शुक्रबार काठमाडौँमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् । उनले मन्त्रीलाई पैसा बुझाउनु पर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँघ घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए ।

मन्त्री किरातीले महाप्रबन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ घुस लिने गरेकाले निलम्बन गरेको बताए । उनले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्नेकुरा स्पष्ट पार्नुपर्ने बताए । उनले आफूले कसैको पनि एकपैसा नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिए ।

उनले मन्त्री विा जिम्मेवार निकायले कुर्सीमा बसेर देशलाई धोका दिन नहुने बताए । मन्त्री किरातीले घुसा खानका लागि मन्त्री हुन आए उसलाई जनताले सजाय दिने जानकारी दिए । उनले आफूलाई पैसा नचाहिएको भन्दै कर्मचारीबाट पारदर्शी काम चाहिएको बताए ।

उनले पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताए । उनले सुशासन विधिको शासनभन्दा बाहिर कोही चल्न नसक्ने बताए । पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उनको भनाइ थियो ।

यस्तै, पर्यटन बोर्डको नीतिले निजी क्षेत्रलाई असहजता भइरहेको पनि उनले बताए । प्रधानमन्त्रीले संसद्‌मा गरेको सम्बोधन र सचिवहरूलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना पर्यटन मन्त्रालयले तयार पारेको पनि मन्त्री किरातीले बताए ।

उनले भने, “पर्यटन व्यवसायीहरू समस्यामा छन् । पर्यटन व्यवसायीहरू ऋणको पासोमा छन् । उनीहरूको पीडा राज्यले नसुनिदिएको र राज्यले केही नगरेको जस्तो अन्योलता कसरी हुँदै छ ? अहिले सानो दियो क्षितिजमा बलेको छ । पर्यटन मन्त्रालयले एकीकृत कार्ययोजना प्रधानमन्त्रीलाई बुझाएको छ । प्रधानमन्त्रीले संसद्‌मा गरेको सम्बोधन र सचिवहरूलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना बन्दै छ । १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छौँ । सुशासन विधिको शासनभन्दा बाहिर हामी चल्दैनौँ । चल्ने छुट पनि हामीलाई छैन । पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र नै हो । पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई कतिको सहज र असहज मलाई लाग्ट सहज मान्नुभएको छैन ।”

मन्त्री किरातीले २० लाख पर्यटक भित्र्याउने गरी कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन दिए । साथै मन्त्री किरातीले कर्मचारीलाई हेरफेर गरेर आतंकित मच्चाउने पक्षमा नभएको भन्दै कर्मचारीको कार्ययोजना अनुसार काम आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सवको लोगो र प्रोमो सार्वजानिक

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

गुगलले १५ वर्षसम्म कसरी गोपनीयताको संस्कृति बनायो

भारतीय पर्यटकहरूले विश्व जितिरहेका छन्

पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक, अहिलेसम्कै सवैभन्दा बढी यो वर्ष

पेरिस ओलम्पिकमा मैदानभित्र मदिरा बिक्रीमा प्रतिबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com