काठमाडौँ, २७ माघ । आगामी साता अर्की एक अमेरिकी अधिकारी नेपाल भ्रमणमा आउने भएकी छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टमा दक्षिण तथा मध्य एसिया ब्युरो हेर्ने उपसहायकमन्त्री अफ्रिन अख्तर सोमबार काठमाडौँ आउने भएकी हुन् ।
दुईदेखि तीन दिनसम्म नेपाल रहँदा उनले परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत उच्च सरकारी अधिकारीसँग भेट्ने कार्यक्रम छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएआइडी)की प्रमुख समान्था पावर नेपाल भ्रमण सकेर बुधबार मात्र फर्किएकी थिइन् ।
पावरको भ्रमणअघि अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन् । उनले प्रधानमन्त्रीलगायत उच्च अधिकारीसँग भेटेकी थिइन् ।
अफ्रिन अख्तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि नेपाल आउने तेस्रो अमेरिकी अधिकारी हुनेछिन् । पुस दोस्रो साता नयाँ सरकार बनेपछि अमेरिकाबाट नेपाल भ्रमण बाक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्